आइतबार , बैसाख ७, २०८२
काठमाडौं लागिन् कोशी प्रदेशकी उपसभामुख, संकटमा सरकार – Deurali Khabar
Trend

४ भदाै, विराटनगर । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौं गएकी छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने कार्यसूची छ । विश्वासको मत लिने प्रदेश सभा बैठकको अध्यक्षता नगर्ने भन्दै उनी काठमाडौं गएकी हुन् ।

एमालेबाट निर्वाचित उपसभामुख दनुवार आज बिहान एती एयरलाइन्सको पहिलाे उडानबाट काठमाडौं गएकी हुन् । दनुवार आइतबार बेलुका नै काठमाडौं जान खाेजेकी थिइन् । ‘हिजै जाने तयारी थियाे तर टिकट पाइएन, गाडीमा जाने तयारी भए पनि जानु भएन,’उनी निकट स्राेतले भन्याे, ‘आज पहिलाे फ्लाइटमा जानु भयाे ।’

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपसभामुख दनुवार बिहान ८ बजेको फ्लाइटमा काठमाडौं गएको बताए । उनका अनुसार कांग्रेस सांसद इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएर दनुवार काठमाडौं गएकी हुन् ।

मन्सुरीले बैठक सञ्चालन गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउँदैनन् । किनकी ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनसँग कठिन बहुमत (४७ मत) मात्रै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP