शङ्कर पोखरेलको आरोप : सरकारले सुशासनका नाममा भ्रष्टाचारीको संरक्षण गर्‍यो – Deurali Khabar

६ भदौ, सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धनको सरकारले ‘सुशासन अभियान’को नाममा भ्रमको खेती गरेको आरोप लगाएका छन् ।

बुधबार बिहान वीरेन्द्रनगरमा पत्रकारसँग ‘कफी र कुरा’ नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले सरकारले सुशासनकै नाममा भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाए ।

‘अहिलेको सरकारले जे गरिरहेको छ यसरी देश चल्छ ? नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवासको अनुसन्धान र सुनकाण्डलाई हेर्दा यसलाई कसरी सुशासनका लागेको सरकार भन्ने ? यी सबै काम सरकारकै डिजाइनमा भएको प्रष्ट देखिन्छ’ महासचिव पोखरेलले भने, ‘दण्डित हुनुपर्ने सरकार सुशासनको नाम दिएर भ्रमको खेती गरिरहेकाे छ ।’

उनले सुनको अवैध कारोबार गर्न पशुपति सुन काण्ड बाहिर ल्याइएकाे आरोप समेत लगाए । ‘दुई महिना अघि नक्कली कम्पनी खडा गरेर हङकङबाट पानी तान्ने पम्प र ब्रेक शुलाई जहाज चढाएर ल्याउने पर्ने कारण सुन तस्करीकै लागि रहेछ । ब्रेक शुको तौल कति हुन्छ भनेर भन्न नपाइने, अध्यागमनमा समातिएको सामान तीन दिनपछि हराउँदा पनि हामीले मान्नुपर्ने ?’ उनले सरकारलाई प्रश्न गर्दै भने, ‘यो प्रकरणमा सत्तापक्ष नै संलग्न छ भन्ने कुराको निष्कर्षका आधारमा हामीले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका हौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP