प्रधानमन्त्री दाहाल भदौ ३० गते अमेरिका जाँदै, मन्त्रिपरिषद्‍बाट भ्रमण स्वीकृत – Deurali Khabar

काठमाडौँ — सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमणलाई स्वीकृति दिएको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको अमेरिका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रधानमन्त्री दाहाल न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका जाँदैछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल अल्पविकसित मुलुकहरूका अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । असोज पहिलो सात प्रधानमन्त्री दाहाल अमेरिकाबाटै चीन जाने कार्यतालिकासमेत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP