पाल्पा । पछिल्लो समय पश्चिम पाल्पाका कृषक अकबरे खुर्सानीको खेतीतर्फ आकर्षित भएका छन् ।
छोटो समयमा धेरै आम्दानी गर्न सकिने र बाँदरले समेत हैरान बनाएकाले कृषक यसतर्फ आकर्षित भएका हुन् । रिब्दीकोट गाउँपालिकाको ग्रामीण वडाका सबैजसो कृषकले अकबरे खुर्सानीको खेती गरेका छन् ।
प्राविधिक तालिमपछि खुर्सानी खेती सुरु गरिएको हो । यहाँको हावापानी खुर्सानीका लागि अनुकुल हुने भएकोले ८ वटै वडाहरुमा खुर्सानी खेती गरिएको छ । चैत्र महिनामा रोपिएको खुर्सानी अहिले बेच्न तयार भएको छ ।
मकै तथा अन्य अन्नवालीको उत्पादनभन्दा अकबरे खुर्सानीको खेतीबाट दोब्बर मूल्य पाएको कृषक बताउँछन् ।