सुन प्रकरणमा नाम जोडेर बद्नाम गर्न खोजियोः महानिर्देशक अधिकारी – Deurali Khabar
काठमाडौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले अनाहकमा सुन प्रकरणमा नाम जोडेर बद्नाम गर्न खोजिएको बताएका छन । सुन प्रकरणबारे विषयको बास्तविकतालाई नबुझेर प्रतिशोध साँधेर विभिन्न सञ्चार माध्यमले शंकाको भरमा बद्नाम गर्न खोजेको महानिर्देशक अधिकारीले देउराली खबरलाइ जानकारी दिए ।
उनले भनेः ३/४ बर्ष पहिले भएको सामान्य फोन सम्पर्कलाई लिएर ममाथी षड्यन्त्रपुर्ण ढंगबाट मिडियाबाजी गर्न खोजियो ।
कोही व्यक्तिसँग सम्पर्क हुँदैमा र केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भनेर प्रचारबाजी गरिनु र समाचार लेखेर भ्रमित पार्नु गलत हो अधिकारीले भने । यस्तै दावा छिरिङसँग २०७७ सालमा भएको सामान्य कुराकानी पछि उक्त व्यक्तीसंग मेरो कुनै सम्पर्क भएको छैन, मेरो कल डिटेल हेर्न सकिन्छ ।
यसरी विषयको वास्तविकता नबुझेर कसैको व्यक्तिगत प्रतिष्ठामा आँच आउने गरी भ्रमपुर्ण ढंगबाट प्रचारबाजी र समाचार सम्प्रेषन गर्नु गलत हो ।
सुन प्रकरणमा ‘अध्यागमन विभागका महानिर्देशक र सुन तस्कर दावाबीच गहिरो कनेक्सन’ भन्ने शिर्षकमा एक सञ्चार माध्यमले समाचार प्रकाशन गरेपछी महानिर्देशक अधिकारीले उक्त समाचारको खण्डन गरेका हुन ।
दोशी देखिए कारबाहीको भागेदार जो पनि बन्नुपर्छ तर अरुको चरित्र हत्या गर्नेकाम मिडियाले गर्ने नहुने बताए, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार पार गरेर बाहिर आएको सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० केजी सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय जाँजबुझ आयोग गठनको भएको छ । उक्त आयोगले असोज १ गतेबाट अनुसन्धान सुरु गर्नेछ ।
अहिले नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP