कानुनी उल्झनमा फस्यो निःशुल्क कम्पनी दर्ता र नवीकरणको घोषणा – Deurali Khabar

भदौ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ जेठमा बजेटमार्फत गरेको ‘एक सय रुपैयाँ अधिकृत पूँजीमै कम्पनी दर्ता र नयाँ कम्पनी दर्ता/नवीकरणमा सबै प्रकारका दस्तुर मिनाहा’ को घोषणा कार्यान्वयनमा उल्झन देखा परेको छ । बजेटको घोषणाअनुसार साउन १ बाटै कार्यान्वयन हुनुपर्ने थियो । यो नीतिले व्यवसायको वातावरण बनाउने तथा उद्यमशीलता प्रवद्र्धन हुने भनेर सरकारको तारिफ पनि भएको थियो ।

नयाँ आर्थिक वर्ष सुरु भएको दोस्रो महिनासम्म पनि बजेटको कार्यक्रम कार्यान्वयनमा आउन सकेको छैन । कम्पनी दर्ता तथा नवीकरण गर्दा तिर्नुपर्ने दस्तुर हटाएर राजपत्र प्रकाशन गर्न भनेर कम्पनी रजिष्ट्रारको कार्यालयले पठाएकार प्रस्ताव तीन महिनादेखि मन्त्रीपरिषद्लगायत सरकारका विभिन्न चार मन्त्रालयमा घुमिरहेको छ । तर, अहिलेसम्म पनि दस्तुर संशोधनको सूचना राजपत्रमा प्रकाशित भएको छैन ।

सो सूचना राजपत्रमा प्रकाशित नभएका कारण यो व्यवस्था कार्यान्वयनमा आउन नसकेको कम्पनी रजिष्ट्रार महेश बरालले बताए ।

यो व्यवस्था कार्यान्वयनमा आउन नसक्दा लाखौं सेवाग्राहीहरु प्रभावित भएको कम्पनी कानूनसम्बन्धी काम गरिरहेका अधिवक्ता दामोदर तिम्सिनाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP