ठूला भ्रष्टाचार काण्ड सामसुम पार्ने देखियो, छानबिन पक्षधर एकजुट बनौं : गगन थापा – Deurali Khabar

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला भ्रष्टाचार काण्डलाई सामसुम पार्न सत्ता, शक्ति, पहुँच र नाता सम्बन्धका आधारमा मिलेमतो भइरहेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो मिलेमतोलाई तोड्न पार्टीभित्र र बाहिर सहकार्यको प्रस्ताव राखेका छन् ।

ललिता निवास, नक्कली भुटानी शरणार्थी, सुुन तस्करी, टीकापुर जग्गा घोटालाजस्ता काण्डहरु सार्वजनिक हुँदा यस्ता घटना सामसुम पार्नेहरु आपसमा मिलेको थापाले बताए ।

‘यस्ता घटना सामसुम पार्न उनीहरु मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने ? विगतमा जस्तै एउटै पार्टीभित्र समान धारणा भएको एक ठाउँमा आऔं, यस्तै धारणा भएको अन्य पार्टीका साथीहरुसँग पनि समान धारणा बनाऔं, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसँग एकाकार होऔं’ थापाले भनेका छन् ।

भ्रष्टाचार र अनियमितताका काण्डहरुमा सार्वजनिक रुपमा ठूलाहरुले चर्को बोल्ने, एक अर्कालाई तर्साउने तर बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकुलतामा सत्ता बार्गेनिङको टुल बनाउने सम्भावना धेरै देखिएको थापाले बताए ।

अहिले प्रयास गरेमा भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानुनी संरचनागत र संस्थागत गर्ने वातावरण बन्दै गएको उनले बताए । थापाले जुनसुकै पार्टी र जहाँ भए पनि भ्रष्टाचारको जालो तोड्न सँगै लाग्न आह्वान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP