आरजु भन्छिन् : त्यतिबेला मैले टीकापुरमा ५० हजार तिरेर ३ कठ्ठा जग्गा किनेकी हुँ – Deurali Khabar

११ भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद आरजु राणाले आफूले टीकापुरमा जग्गा खरिद गरेको भन्दै त्यसमा विवाद नभएको जिकिर गरेकी छन् । प्रतिकठ्ठा १५ हजार रुपैयाँका दरले ५० हजार दिएर ३ कठ्ठा ७ धुर जग्गा किनेको उनको तर्क छ ।

टिकापुर जग्गा अनियमितता प्रकरणमा गरेको अनुसन्धानका क्रममा टिकापुर विकास समितिका नाममा बाँडिएको जग्गामध्ये आरजुको नाममा ३ कठ्ठा ७ धुर जग्गा फेला परेको थियो ।

अनियमित रुपमा बाँडिएको जग्गा अनुसन्धानका क्रममा आरजु राणादेखि नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीसम्म मुछिएको बारे अनलाइनखबरले गरेको स्थलगत रिपोर्टिङ ८ भदौमा प्रकाशित भएको थियो ।

यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ । यसपछि आरजुले आफूले सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहलाई सम्पर्क गरेर त्यसबारे सोधेको उनले बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP