प्रधानमन्त्री निवास बाहिर प्रदर्शन उत्रिएका नेविसंघका नेता पक्राउ – Deurali Khabar

११ भदौ, काठमाडौं । इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क ३ लाख ३८ हजारबाट बढाएर ७ लाख ७५ हजार रुपैयाँ पुर्‍याएको छ ।

त्यसविरुद्ध नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस इकाइका सभापति अनशनमा बसेका छन् । नेविसंघका विद्यार्थीले शुल्कवृद्धि फिर्ता र अनशनरत विद्यार्थी सुलभ चापागाईंको जीवन रक्षाको माग गर्दै सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शन गरेका थिए ।

त्यस क्रममा नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्ल, विजय महतो, नेविसंघ प्राविधिक विद्यार्थी परिषदका केन्द्रीय अध्यक्ष राजेन्द्र चटौत, नेविसंघ काठमाडौंका अध्यक्ष अन्सुल केसी, ललितपुर अध्यक्ष सरोज घोरासैनी, नेताहरु सौगात फुयाल सलन केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP