मंगलबार , माघ २९, २०८१
लोप हुने अवस्थामा नौ ढुंगेधारा खोज्‍ने परम्परा – Deurali Khabar

१५ भदौ, भक्तपुर । लोभ हुँदै गएको गुपु हिटी सिकेगु अर्थात नौ ढुंगेधाराको खोजी गर्न जाने परम्परा आफैं लोभ हुँदै गएको छ । भक्तपुरको जनैपूर्णिमाको राति वा गाइजात्रा अर्थात सापारुको दिन बिहानै वा यो परम्परा चल्दै आएको छ । तर आजभोलि यो परम्परा हराउँदै गएको छ ।

यही परम्परालाई निरन्तरता दिने हेतुले भक्तपुरको निओ फियुजन बाजा समूहले बिहीबार विहानै गुपु हिति सिकेगु कार्यक्रम गरेको छ । संस्कृतविद् ओम धौभडेलका अनुसार सापारुको दिन नौ वटा धारामा मुख धुनुपर्ने, नौ जोडी लुगा फेर्नुपर्ने, नौ थरी खाएर नौ चोटी भक्तपुरको नगर परिक्रममा गर्नुपर्छ भन्ने चलन रहेको छ । यसैसँग यो दिन पूर्व फर्किएको नौ वटा धारामा मुख धुन जाने परम्परा नौ ढुंगेधारा खोज भएको उनले भने ।

‘पहिले-पहिले ढुंगेधारामा गएर समान्यतया पश्चिम र दक्षिण फर्केको ढुंगेधारा मात्र हुने ठाउँमा पूर्वमा फर्केको धारा पनि हुनुपर्छ भन्ने हेतुले पूर्वमा फर्केको धारा बनाइएको इतिहास छ’, उनले भने, ‘ यसलाई सापारुमा दिन त्यसमा मुख धुन जाने परम्पराको स्थापना गरिएको हो ।’

यो परम्परा भक्तपुरमा पूर्व फर्केका धेरैवटा ढुंगेधाराहरुको सुरुवात भक्तपुरको सुर्यविनायक गणेश मन्दिरमा अवस्थित ढुंगेधाराबाट सुरु हुन्छ भने भक्तपुरको तचपाल अर्थात दत्तात्रयमा रहेको भिंद्यो हितिमा आएर समापन गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP