टीआरसीमा प्रधानमन्त्रीले मागे एमाले अध्यक्ष ओलीको सहयोग – Deurali Khabar

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐनमा नेकपा एमालेका अध्यक्ष ओलीको सहयोग मागेका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री कार्यालय सिंहदरबार बोलाएका थिए । दुई नेताबीच भएको भेटमा प्रचण्डले टीआरसी टुंग्याउन एमालेको सहयोग आवश्यक रहेको बताएका हुन् ।

प्रधानमन्त्री कार्यालय र एमाले नेताहरुका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई भनेका छन्, ‘टीआरसीमा तपाईंको सहयोग चाहियो ।’ जवाफमा अध्यक्ष ओलीले असहयोग गर्ने आफूहरुको चाहना नरहेको बताए । नेताहरुका अनुसार ओलीले प्रचण्डलाई जवाफ फर्काएका छन्, ‘हाम्रो सहयोग छ कहिले पो असहयोग थियो र !’

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन विधेयक विगतको भन्दा सकारात्मक रहेको भन्दै ओलीले ‘थप सुधारका लागि तयार हुनुपर्ने’ पनि बताएका छन् ।

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने सन्दर्भमा खुला छलफल गर्न तयार रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलको सहयोगमा मात्रै विधेयक अगाडि बढाउने चाहना रहेको बताएका छन् ।

मंगलबार नै बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले टीआरसी सम्बन्धी विधेयकमाथि छलफल जुटाउन गठित संसदीय उपसमितिको म्याद सात दिन थप गरेको छ ।

जेठ ५ गते २१ दिनको समय दिएर गठन भएको उपसमितिको म्याद असार ५ गते १५ दिन थपिएको थियो । फेरि पनि काम नसकाएको भन्दै उपसमितिले समय मागेपछि एक साता थपिएको हो ।

प्रधानमन्त्रीलाई भेट्न जानु अगाडि एमाले अध्यक्ष ओलीले कानुन न्याय तथा मानवअधिकार समितिमा रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग समेत छलफल गरेका थिए । दुई नेताबीच सिंहदरबारमै छलफल भएको थियो ।

छलफलपश्चात् अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री कार्यालय गएका थिए भने उपाध्यक्ष नेम्वाङ कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा सहभागी हुन गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP