काठमाडौंमा दिनदहाडै चोरियो ५ लाख नगद – Deurali Khabar

१९ भदौ, काठमाडौं । काठमाडौंमा दिनदहाडै ५ लाख रुपैयाँ नगद चोरी भएको छ । काठमाडौं महानगरपालिका-१६ माछापोखरी कुमारीस्थानको मूल सडकबाटै दिनेशकुमार श्रेष्ठको ५ लाख रुपैयाँ नगद, चेक र कागजपत्र सहितको झोला चोरिएको हो ।

बिहान करिब ९ बजेको समयमा रोकी राखिएको गाडी भित्रबाट झोला चोरिएको श्रेष्ठले बताए । बैंकमा रकम जग्मा गर्न जान लाग्दै गर्दा रकम चोरी भएको श्रेष्ठको दाबी छ । उनी खुद्रा व्यापार गर्छन् ।

गाडीमा झोला राखेर पसलतर्फ फर्किंदा नगदसहितको झोला चोरी भयो,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘झोलामा ५ लाख जति नगद, पसलका कागजपत्र र केही चेकहरु थिए ।’

चोरी गर्ने व्यक्ति नजिकैको सीसी टिभीमा कैद भएको भन्दै उनले त्यो पनि सार्वजनिक गरेका छन् । सार्वजनिक भएको सीसी टिभी फुटेजमा कालो ट्राउजर र फिक्का हरियो टिसर्ट लगाएका युवाले गाडीबाट झोला झिकेको देखिन्छ ।

घटनाबारे महानगरीय प्रहरी कार्यालय बालाजुलाई जानकारी गराइएको पीडित श्रेष्ठले बताए । बालाजुका प्रहरी प्रमुख मनोजित कुवँरले घटनाबारे आफुलाई जानकारी भइनसकेको बताए । ‘उजुरी दर्ता भएको होला, प्रक्रियागत रुपमा सूचना आएपछि हामी खोजतलास गर्छौं’ केसीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP