
१९ भदौ, काठमाडौं । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग सम्बन्ध देखिएपछि दिपेश पुन छानबिनको दायरामा परेका छन् ।
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशको छिरिङसँग बाक्लो उठबस देखिएपछि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान समेत लिएको छ । स्रोतका अनुसार, छिरिङसँग उनले केही कम्पनीमा साझेदारीसमेत गरेका छन् ।



सुनसँग जोडिनसक्ने केही कडी फेला परेकाले बयानका लागि बोलाएका हौं’, सीआईबी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘तर, तस्करीमा उनले आफ्नो संलग्नता इन्कार गरेका छन् ।’ दावासँगको चिनजान र सम्बन्धलाई भने उनले स्वीकार गरेका स्रोतले बताएको छ ।
उनी माओवादीको विद्यार्थी संगठन अरेरास्ववियु क्रान्तिकारीका महासचिव समेत हुन् ।