बिहिबार , भाद्र १८, २०८३
बक्स अफिसमा ‘नांगो गाउँ’ र ‘एक भगवत् र एक गीता’को ओपनिङ अकुपेन्सी सुखद – Deurali Khabar

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएका नेपाली फिल्महरु ‘नांगो गाउँ’ र ‘एक भगवत् र एक गीता’ले घरेलु बक्स अफिसमा सुखद ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । पछिल्लो समय नेपाली फिल्मले दर्शकलाई हलसम्म तान्न नसकिरहेको बेला, यी दुई फिल्मको ओपनिङ अकुपेन्सी अवश्य पनि सुखद हो ।

तर दुवै फिल्मको शुक्रबारको अकुपेन्सी अपेक्षाअनुसार चाहिं होइन । शुक्रबार ‘नांगो गाउँ’को देशव्यापी अकुपेन्सी (बिहानदेखि बेलुकासम्म) ६० प्रतिशत रह्यो भने ‘एक भगवत् र एक गीता’को अकुपेन्सी ३५ प्रतिशत हाराहारीमा रह्यो । देशभरका ठूला मल्टिप्लेक्सको अकुपेन्सी आँकडा अध्ययन गर्दा ‘नांगो गाउँ’को अकुपेन्सी केही माथि छ ।

समग्रमा ‘नांगो गाउँ’को यो अकुपेन्सीमा ‘दयाहाङ र मिरुना फ्याक्टर’ प्रमुख रह्यो । कबड्डी ४ र जारीजस्ता ब्लकबस्टर फिल्ममा एकसाथ देखिएको दयाहाङ र मिरुनाको जोडीले ‘नांगो गाउँ’को ओपनिङमा योगदान दिएको अनुमान गरिएको छ । नांगो गाउँको पहिलो सप्ताहन्तको कमाइमा दयाहाङ र मिरुना मगर ‘फ्याक्टर’ले प्रमुख भूमिका खेल्ने पक्का छ ।

अर्कोतर्फ, ‘एक भगवत् र एक गीता’ले पनि सन्तोषजनक अकुपेन्सीसहित प्रदर्शनको थालनी गरेको छ । ‘वर्ड अफ माउथ’ बलियो रहे तीजको छेकोमा आगामी सातासम्म विपिन कार्की स्टारर फिल्मले राम्रो कमाइ गर्न सक्छ । हलमा चलिरहेका नेपाली फिल्मलाई फाइदा के हो भने शनिबार, तीज र संविधान दिवसको बिदाले कमाइ राम्रै हुन सक्छ ।

शुक्रबार दुई नेपाली फिल्म रिलिज हुँदा हलमा चलिरहेको बलिउड फिल्म ‘जवान’लाई चुनौतीपूर्ण हुने देखिएको छ । तीज बिदामा दर्शकीय मनोविज्ञानको फाइदा नेपाली फिल्मले उठाउन सक्छन् । जेहोस्, आगामी साता दुवै नेपाली फिल्मलाई घरेलु बक्स अफिसमा राहतपूर्ण हुने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP