बिहिबार , भाद्र १८, २०८३
सुनसहितको स्मार्ट वाच भन्सारबाट हराउन थालेपछि ब्रेक प्याडमार्फत तस्करी – Deurali Khabar

१ असोज, काठमाडौं । मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर सुन तस्करी गरेको गिरोहले २०२३ को मार्चदेखि नेपालमार्फत तस्करी गर्न थालेको भेटिएको छ । सुरुवातमा उनीहरुले स्मार्ट वाचमा सुन राखेर तस्करी गरेको अनुसन्धानका क्रममा खुलेको हो ।

तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बेलाबेला केही घडी हराउन थालेपछि ब्रेक प्याड र सेभर (दाह्री काट्ने मेसिन) मा राखेर सुन ल्याउन थालेको सुन प्रकरणमा पक्राउ परेका आरोपी लि जेक्वाङले बताएका छन् ।

सरकारी वकिलको रोहबरमा उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘एक पटक ८ वटा घडी हराएपछि सेभर र ब्रेक प्याड लगायतमा राखेर सुन ल्याउन थालेको हो ।’

उनले बयानमा भनेअनुसार एउटा घडीमा २० ग्राम सुन हुन्थ्यो भने सेभरमा ५० ग्राम सुन आएँथ्यो । ‘ती सामानमा कहिले सुन राखेर त कहिले सुन नराखी आउने गरेको थियो’, उनले भनेका छन्, ‘ब्रेक प्याडमा आएको सामान कहिल्यै हराउँदैनथ्यो र एकसेट ब्रेक प्याडमा ५ सयदेखि ६ सय ग्राम सुन आउने गरेको थियो ।

चिनियाँ नागरिक चोङ चिङ छह्रवाङ, चोङ चेनह्रवा, पिङ र एलेक्स भनिने याओ पुचेङ लगायतले ती सामग्री रेडी ट्रेड प्रालिमार्फत ल्याउने गरेको उनले बताएका छन् । प्रहरीका अनुसार जेक्वाङले बालुवाटार र लाजिम्पाटको गोदामको व्यवस्थापन गर्ने गरेका थिए ।

‘मलाई जानकारी भएसम्म घडीमा एक पटक ७५ वटामा सुन आएको थियो, सेभरमा एकपटकमा ७५÷७६ वटा गरेर दुई पटक आएको थियो’, उनले भनेका छन्, ‘ब्रेक प्याडको हकमा १९÷२० पटक सुन राखेर आएको थियो ।’

चेक्वाङले चीनबाट आफूलाई निर्देशन दिएअनुसार आफूले विभिन्न व्यक्तिलाई सुनको ढिक्का दिने गरेको पनि खुलाएका छन् । ‘कहिले ५ रुपैयाँ त कहिले १० रुपैयाँको नोटको फोटो आउँथ्यो, त्यसको नम्बर हेरेर त्यो नोट लिएर आउने व्यक्तिलाई डेलिभरी दिन्थें’, उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP