नेपाली सांगीतिक आकाशमा फेरी अर्को एउटा नयाँ सांगीतिक कोशेली ‘शीरको फूल’ नामक लोकगीत रिलिज भएको छ । रिअल पिक्चरस प्रा.लि.को निर्माणमा शनिबार असोज १२ गते उक्त गीत सार्वजनिक गरिएको हो ।
राम बास्तोलाको निर्देशन र गायिका शुस्मा बि.सी.को सुमधुर स्वर रहेको ‘शीरको फूल’ नामक मौलिक गीतको शब्द भोजेन्द्र अधिकारीले लेखेका हुन भने गीतको संगीत पनि भोजेन्द्र अधिकारीले नै गरेका हुन । गीतमा प्रेम पछिको बिछोड र प्रेम वियोगले बुढेसकालसम्म दिएको चोट र पीडालाई मार्मिक ढङ्गले चित्रण गरिएको छ ।
निकै मार्मिक कथाबस्तु रहेको गीतको म्यूजिक भीडियोमा काठेखोला गाउँपालिका–४ तंग्राम, बागलुङका नवउदयीमान कलाकार चन्द्रमा विश्वकर्मा र साहिल गायकले अभिनय गरेका छन ।
म्यूजिक भीडियोमा मुख्य कलाकारको रुपमा रहेकी कलाकार चन्द्रमा विश्वकर्माकी आफ्नी स्वर्गीय आमा सस्ती विश्वकर्मालाई समर्पण गरिएको उक्त सांगीतिक कृति झट्ट हेर्दा जो कुनैलाई पनि कुनै सटमुभी जस्तै लाग्दछ ।
पोखराको घाचोकमा छायांकन गरिएको गीतको म्यूजिक भीडियोमा रोहित गायक, पदम बहादुर बस्ताकोटी, दिप्ना रसाइली, महादेव अधिकारी, कृष्ण सिर्पाली, सनम थापा मगर, यज्ञ बहादुर गायक र गजल विश्वकर्माको समेत अभिनय रहेको छ ।