साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा लटरम्मै – Deurali Khabar
Trend

साउदी अरबको खजुर स्याङ्जामा फलेको छ। बालुवा तथा मरुभूमिमा उम्रने खजुर स्याङ्जाको गल्याङ् नगरपालिका- ११ जिमुवामा लटरम्मै फलेको छ। रोजगारका लागि साउदी पुगेका करिब ६० वर्षीय बाबुराम ढकालले घर आउँदा खजुरको बिउ लिएर आएका थिए। बालुवासहित मलमाटो मिलाएर बिउ जमाए। जमाएको बिउमध्ये दुईवटा बिउ बढेर उत्पादन दिने भए। गतवर्ष अलिअलि फलेको खजुर यसपटक लटरम्मै फलेको छ।

मरुभूमिभन्दा केही बाहिर खजुर फलेको देखेपछि आफ्नो जन्मभूमिमा पनि हुन्छ होला भन्ने लागेर केही खजुरका बीउ लिएर आएको उनले बताए। खजुरका लागि घाम पर्ने जग्गा चाहिन्छ। यसले ४०–४५ डिग्री तापक्रम पनि सहन सक्छ। विशेषगरी मरूभूमिमा उम्रिने भएकाले पानी चाहिँदैन। ढकालले पनि जिमुवामा खजुर लगाउँदा बालुवासहित मलमाटो मिलाएर रोपेको बताए।

‘रोपेको ७ वर्षमा फल दिएको छ। गतवर्ष अलिअलि फलेको थियो। अहिले भने असाध्यै राम्रो फलेको छ। अब खजुर खेती विस्तार गर्नेछु,’उनले भने। उनले आँप,लिचि,कटहरलगायत अन्न तथा तरकारी पनि उत्पादन गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP