सामाजिक सञ्जाल सिंहदरबारमै आंशिक रूपमा सक्रिय, पूर्णरुपमा निष्क्रिय हुन समय लाग्ने – Deurali Khabar

सरकारले सामाजिक सञ्जाल सूचीकरण अनिवार्य गर्ने निर्णयलाई कार्यान्वयन गर्दै शुक्रबारदेखि अधिकांश ठाउँमा सामाजिक सञ्जाल निष्क्रिय गरेको छ । आम प्रयोगकर्ताले बिहानैदेखि सामाजिक सञ्जाल प्रयोग गर्न नसकेका गुनासो गरिरहेका छन् । तर, प्रशासनिक शक्तिको केन्द्र मानिने सिंहदरबार परिसरमा भने यी नेटवर्क आंशिक रूपमा चलिरहेको पाइएको छ।

शुक्रबार साँझ नेपाल प्रेसकर्मी सिंहदरबारमा रिपोर्टिङमा पुग्दा संसद सचिवालय परिसरमा फेसबुक तथा म्यासेन्जर र युट्युव चलिरहेको थियो । संसद सचिवालयका सहसचिव एवम प्रवक्ता एकराम गिरीले भने दिउसोदेखि नै सचिवालय परिसर भित्र नचलेको बताए । उनले भने, ‘दिउसो कार्यालयमा कम्प्यूटर तथा मोबाइलमा फेसबुक, एक्स, ह्यवाट्एप चलिरहेको थिए । आंशिक रुपमा कतिपयको मोवाइल तथा कम्प्यूटरमा चलेको पनि हुनसक्छ । हामीले हेर्दा चलिहरेको थिएन ।’

उनका अनुसार सचिवालयमा नेपाल टेलिकम र वेव सर्फरको इन्टरनेट सेवा सञ्चालनमा छ । सिंहदरबारमै सरकारले निश्क्रिय गरेका सामाजिक सञ्जाल चलिरहेको छन् नि भन्ने प्रश्नमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम प्रवक्ता गजेन्द्र ठाकुरले सबै इन्टरनेट सेवा प्रदायक संस्थाले सामाजिक सञ्जाल निश्क्रिय गरिनसकेका कारणले त्यस्तो हुनसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP