प्रश्न सोध्ने पत्रकारलाई सञ्चारमन्त्रीको हटसिट – Deurali Khabar

साढे २ दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका जगदीश खरेल इमेज टेलिभिजनमा लामो समयदेखि काम गर्दै आएका पत्रकार हुन् । सञ्चारमन्त्री हुने सम्मको उनको ‘इमेज’ तयार गर्ने पछिल्लो कार्यक्रम थियो- हटसिट ।

समसामयिक राजनीतिक, सामाजिक विषयमा आधारित त्यही टक शो ‘हटसिट’ बाट उठेर उनी आजदेखि सञ्चारमन्त्रीको सिटमा आइपुगेका छन् ।

अब उनका लागि टिभी सेटको होइन नेपालको संक्रमणकालीन राजनीतिलाई पार लगाउने गरी बनेको अन्तरिम सरकारलाई सफल बनाउन भूमिका खेल्नुपर्ने सञ्चारमन्त्रीको हटसिट प्राप्त भएको छ ।

उनी टेलिभिजन स्क्रिनमा राजनीतिक नेता, सामाजिक अभियन्ता, प्रशासक देखि न्यायाधीशहरूसम्मलाई बोलाएर तिखा र चोटिला प्रश्न गर्थे ।

सामाजिक सञ्जालहरूमा अन्तर्वार्ता दिने व्यक्तिका विचारभन्दा उनले सोधेका प्रश्नका क्लिपहरू समेत भाइरल हुने गरेका थिए । शासकीय जिम्मेवारीमा रहेकाहरूलाई प्रश्न गर्ने खरेल अब वास्तविक रुपमा ती प्रश्नहरूको जवाफ आफैं खोज्ने ठाउँमा आइपुगेका छन् ।

‘मैले आफ्नो सञ्चारकर्ममा वर्षौंदेखि अनेकौं प्रश्न गर्दै आएको थिएँ । आज मलाई एउटा ऐतिहासिक जिम्मेवारी आएको छ । अब म मैले सोधेका प्रश्नहरूका कतिपय जवाफ खोज्ने छु,’ नवनियुक्त सञ्चारमन्त्री खरेलले अनलाइनखबरसँग भने ।

उनले आफू अहिले कुन अवस्थामा मन्त्री बनेको हेक्का रहेको बताए । ‘एउटा आन्दोलनबाट परिवर्तनका आवाज सम्बोधन गर्नेगरी यो सरकार बनेको छ’ उनले भने,’जेनजीहरूका आवाज र भावनालाई प्रतिनिधित्व गर्दै जिम्मेवारी पूरा गर्नेछु ।’

२०५९ सालमा इमेज च्यानल टिभी सुरुवात हुँदादेखि त्यहिँ काम गर्न थालेका दोलखाका खरेलको सञ्चारकर्म मात्र होइन उनको शैक्षिक पृष्ठभूमि पनि यही विषयमा जोडिएको छ ।

उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सञ्चार स्नातकोत्तर उपाधि हासिल गरेका छन् । हाल चाहिँ उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति’ विषयमा विद्यावारिधि गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP