आइतबार , कार्तिक २, २०८३
सुख्दा पहिरो खस्दा नौबिसे–मुग्लिन सडक अवरूद्ध – Deurali Khabar

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलामा सुक्खा पहिरो खस्दा नौबिसे–मुग्लिन सडक खण्ड अवरूद्ध बनेको छ।

जवाङखोलामा आइतबार मध्यराति सुख्खा पहिरो खसेको र पहिरो खस्ने क्रम अझै नरोकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

अहिले उक्त स्थानमा दुईतर्फी नै बाटो अवरूद्ध रहेको धादिङ प्रहरीले जानकारी दिएको छ। राति पहिरो पन्छाउन नसकिने र बिहान उपकरण ल्याइ पन्छाउन थालिने पनि प्रहरीले जानकारी दिएको छ।

सडक अवरूद्ध हुँदा पृथ्वी राजमार्गमा अहिले काठमाडौंबाट बाहिरिने र भित्रने सवारी साधनको लामो जाम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP