लेटाङ–२ की अंशु गौतमको दाहासंस्कार सम्पन्न – Deurali Khabar

लेटाङ–२ की अंशु गौतमको दाहासंस्कार सम्पन्न
लेटाङ नगरपालिका–२ फडानीकी अंशु गौतमको दाहासंस्कार स्थानीय चिसाङ लोखरा घाटमा धार्मिक परम्परा अनुसार सम्पन्न गरिएको छ ।
छिमेकीद्वारा नै बालत्कारपछि हत्या गरिएकी अंशुको अन्तिम विदाइमा ठूलो संख्यामा स्थानीयवासी सहभागि भएका थिए । उनको परिवारजनले दागवत्ति दिए भने उपस्थित स्थानीय मलामीजनले अन्तिम श्रध्दाञ्जली दिंदै आत्माको चीर शान्तिको कामना गरे ।
अंशुको अन्तिम विदाइमा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, वडाध्यक्षहरु लगायतका जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा सर्वसाधारण लगायत सहभागि भए ।
बिहानैदेखि अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न आउनेको भीड बाक्लो देखिन्थ्यो।
असोज २३ गतेदेखि हराएकी अंशुको शब १८ दिन पछि जंगलमा विभत्स अवस्थामा भेटिएको थियो ।
लामो अनुसन्धानपश्चात प्रहरीले अंशुको आफ्नै छिमेकीले बलात्कारपछि हत्या गरेको पत्ता लगाएर संलग्न ५९ वर्षिय पदमबहादुर अधिकारीलाई गत शुक्रबार पक्राउ गरिसकेको छ ।
घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगरेसम्म शब नबुझेका परिवारजनले संलग्नलाई पक्राउ गरेपछि शब बुझेर आज उनको दाहासंस्कार सम्पन्न गरिएको हो ।
स्व. अंशुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै स्थानीयहरूले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । दाहासंस्कारपछि परिवारले आफ्नो धार्मिक संस्कारअनुसार काजक्रिया गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP