बिहिबार , भाद्र १८, २०८३
ओली र देउवाले एउटै प्लेटमा खाएको शीतलनिवास बैठकमा के–के भयो ? – Deurali Khabar
A+AA

२३ र २४ भदौको जेन–जी आन्दोलनपछि मंगलबार पहिलोपटक राष्ट्रपति कार्यालय शीतनिवासमा बसेको प्रधानमन्त्रीसहित शीर्षस्थ नेतृत्वबीचको बैठकमा केही रोचक दृश्य देखिए । खासगरी प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो केही समयता नोकझोँकको स्थिति थियो । त्यसैले २१ फागुनमा घोषित निर्वाचनमाथि देशले नै संशय गरिरह्यो । यही नोकझोँकलाई शान्त बनाउन राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको पहिलो बैठकमा यस्तै केही रोचक दृश्य देखिएका हुन् ।

शीतलनिवासले पहिले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच मात्रै छलफल हुने सूचना चुहाएको थियो । तर केहीबेरमा सुशीला कार्की पनि सहभागी हुने सूचना सञ्चारमाध्यमलाई उपलब्ध गराइयो । सूचना आएलगत्तै राष्ट्रपतिको अग्रसरतामा बस्न लागेको ओली, देउवा र प्रचण्डसहितको बैठकलाई लिएर सामाजिक सञ्जालमा खुलेरै टिप्पणी हुन बेर लागेन ।

निर्वाचन घोषणा गरेको सरकार र चुनावलाई लिएर प्रस्ट धारणा नबनाइसकेका पक्षबीचको पहिलो बैठकको समाचार आफैँमा चर्चायोग्य थियो । अपराह्न तीन बजेलाई बोलाइएको बैठक केही ढिलोगरी सुरु भयो । खासमा कुनै औपचारिक निर्णय गर्न सो बैठक बोलाइको थिएन । ‘हामी भेट्यौँ है’ भन्ने सन्देश मात्रै दिनु थियो । ढिलो गरी बसेको बैठकको फोटोले अपेक्षाअनुसारको चर्चा पायो । सर्वसाधारण, नेतादेखि सञ्चारकर्मीसम्मले खुलैर फोटोको अनेक अर्थका टिप्पणी गर्न भ्याए ।

सार्वजनिक रूपमै चुनावी वातावरण नभएको चर्चा छँदै थियो । यहीबीच राष्ट्रपति, प्रधानमन्त्री, देउवा, ओली र प्रचण्डलाई एउटै फ्रेमको तस्वीरमा देखिएपछि चर्चा थप चुलियो । २३ र २४ भदौ अघि र पछिको पक्ष एकै ठाउँमा बसेका थिए । अनि यसैलाई धेरैले अब देश चुनावी बाटोमा प्रवेश गरेको रूपमा अथ्र्याउन भुलेनन् । यही प्रतिकात्मक बैठकमा सुरुकै सिट प्लानदेखि उठ्ने बेलासम्मका दृश्य भने अलग थिए ।

राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख दलनिकट स्रोतहरू अनुसार पहिलो र उच्चस्तरको बैठकमा तनावमा आउने गरी पेचिलो नोकझोँककै स्थिति भने भएको थिएन । बरु जिस्किँदै, कटाक्ष र ठट्टा गर्दै एउटै प्लेटमा खानेसम्मका घटना भएको स्रोतको भनाइ छ ।

‘दुई पक्षमात्रै बसेको भए नोकझोँक तनावको स्थिति हुन्थ्यो होला । तर राष्ट्रपति, प्रधानमन्त्री, तीन पूर्वप्रधानमन्त्री सहभागी भएको बैठकमा कुनै अप्रिय हुने स्थिति नै होइन । किनकि त्यो उच्चस्तरको बैठक थियो,’ स्रोतले भन्यो, ‘कुनै निर्णय गर्नभन्दा हिजोका फरक पक्ष बसेकोले सकेसम्म हार्दिक वातवरण बनाउनु बैठकको उद्देश्य थियो । निर्णय गर्नु थिएन बरु बाहिर देखाउन र हामी भेट्यौँ, शान्तितिर फर्कियौँ भन्नु थियो । यसैले प्रतिकात्मक रूपमा गरिएको बैठक मात्रै थियो ।’

यद्यपि जेन–जीले फालेको पुरानो र नयाँ सत्तापछिको एउटै सिटिङ प्रतिकात्मक मात्रै भएन । औपचारिक निर्णय नलिए पनि खुलेरै ठट्टाकै शैलीमा राजनीतिक विमर्श भएको स्रोत बताउँछ । राष्ट्रपति पौडेल दाहिनेतिर बस्दा प्रधानमन्त्री सुशीला कार्कीलाई देब्रेतिर आसनको व्यवस्था गरिएको थियो । कार्की बसेको साइडतिर प्रचण्ड बसे । तर हलको दाहिने लहरमा ओली देउवासँगै बसेको बाहिरिएको तस्वीरमा देख्न सकिन्छ ।

राष्ट्रपति पौडेलले ‘देशको परिस्थिति गम्भीर र संवेदनशील छ । यसको निकासको लागि नै चुनाव घोषणा भएको हो । चुनाव सफल पार्न गम्भीर भएर लाग्नु हामी सबैको दायित्व हो’ भनेपछि छलफलको औपचारिक सुरुवात भएको स्रोतले बतायो । पौडेलले दलहरूलाई ‘प्रधानमन्त्रीले चुनावको तयारी गर्नुभएको छ । तपाईंहरू पनि लाग्नुस्, तयारी गर्नुस्’ भनेपछि कार्कीसहितका नेताले आ–आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP