बिहिबार , भाद्र १८, २०८३
बयान दिन जानुहुन्छ भन्ने प्रश्नमा लेखकले भने– एकदुई दिनमा भनाैँला – Deurali Khabar

जेन–जी आन्दोलन जाँचबुझ आगोगले कांग्रेस नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेककलाई बयानका लागि सात दिनभित्र उपस्थित हुन भन्दै पत्र काटिसकेको छ । तर लेखकले भने अझै पनि बयान दिने जाने मनस्थिति बनाइसकेका छैनन् ।

बुधबार पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग बोल्दै लेखकले त्यसबारे एकदुई दिनमा निर्णय लिने बताएका छन् । बयान दिन जानको लागि पार्टीबाट सुझाव आएछ, तपाईं के गर्नुहुन्छ ? भन्ने प्रश्नमा लेखकले भने, ‘एकदुई दिनमा भनौँला ।’

आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरूले लेखकलाई सरकारद्वारा गठित आयोगमा बयान दिन सुझाव दिएका थिए ।

बैठकपछि प्रवक्ता प्रकाशहरण महतले भनेका छन्, ‘निवर्तमान गृहमन्त्रीलाई बयान दिन जानुपर्ने विषयमा कुरा उठ्यो । सुझाव दिने साथीहरूले बयान दिन जानु राम्रो हो भन्नुभय‍ो ।’

लेखक गृहमन्त्री हुँदा २३ भदाैमा संसद भवनअगाडि प्रदर्शन गर्ने १९ युवाको ज्यान गएको थियो । घटनापछि लेखकले नैतिकताका आधारमा पदमा नबस्ने भन्दै राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP