बिहिबार , भाद्र १८, २०८३
फागुन २१ पछि सुशीला कार्कीलगायत सरकारमा बसेकाहरुले देश छाडेर भाग्नुपर्ने अवस्था आउने प्रभु साहको चेतावनी – Deurali Khabar

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बयान लिनुपर्ने जेन–जी हत्यारा र भ्रष्टाचारीलाई सरकारले रातो कार्पेट ओछ्याएर चाकडी गरिरहेको बताएका छन् । आजपाको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रधानमन्त्री सुशिला कार्कीले जेनजी हत्यारा र भ्रष्टाचारीसँग बसेर चिया संवाद गर्न थालेको बताए ।

‘अन्तरिम सरकार जेनजी हत्याराहरुको सेवामा समर्पित छ । बयान लिनुपर्नेहरुलाई रातो कार्पेट ओछ्याएर चाकडी गरिरहेको छ,’ अध्यक्ष साहले भने, ‘जेनजी आन्दोलन दमनकारी (ओली सरकार) र अपहरणकारी (सुशीला सरकार) ले युवाहरुको रगतको अवमूल्यन गरे । आज दुवै चिया चर्चामा व्यस्त हुनुहुन्छ ।’

ओलीको अहंकारको कारण मुलुक खरानी भएको बताउदै उनले ओलीको अझै धाक, धम्की नरोकिएको बताए । सचेत नेपाली जनताले यसलाई नजिकबाट नियाँलिरहेको र आगामी निर्वाचनबाट जवाफ दिने तयारीमा रहेको साहले बताए ।

तर, सुशीला सरकारले चुनाव नगराउने खेलमा लागेको आशंका उनले व्यक्त गरे । सुशील सरकारले यदि चुनाव नगर्ने सोचेको छ भने सरकारमा बसेकाहरुले २१ फागुनपछि देश छोडेर भाग्ने दिन आउने उनको चेतावनी छ ।

‘संसद् पुनःस्थापनाको नाटकमञ्चन बन्द नगरे जनताले प्रतिकार गर्नेछन् । चुनावबाहेक निकासको अर्को बाटो छैन । त्यसैले तोकिएकै मितिमा निर्वाचन गर्नुको विकल्प छैन,’ उनले भने, ‘सरकार आँफै चुनावी वातावरण बनाउने कुरामा असफल भइसक्यो । नसक्ने हो भने हात उठाउन म अनुरोध गर्दछु ।’

वर्तमान सरकारले मुलुकलाई ढुंगे युगमा धकेलेको उनको टिप्पणी छ । ‘सबै देशसँगको सम्बन्ध टुटाएको छ । राजदूतहरु फिर्ता गरेर त्यसको सुरुवात गर्यो,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP