मंगलबार , फागुण ६, २०८१
गर्भवतीलाई हवाई उद्धारमा प्राथमिकता, दक्ष जनशक्ति व्यवस्थापनमा बेवास्ता ! – Deurali Khabar

नेपालमा पछिल्लो समय स्वास्थ्य संस्था पुगेर सुत्केरी सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । तर, स्वास्थ्य संस्थामा सुत्केरी गराउन पुगे पनि मातृ मृत्युदर घट्न सकेको छैन । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा मातृ तथा नवजात शिशु शाखाका अनुसार आर्थिक वर्ष २०७७ असोजदेखि ०७८ चैत्रसम्म २४१ सुत्केरी र गर्भवतीको ज्यान गएको थियो । यस्तै कोभिड १९ मातृ  मृत्युदर रिपोर्टअनुसार ०७५ र ०७६ को साउनदेखि ०७७ भदौसम्म मात्र २७३ जना स्वास्थ्य संस्थामा र बाहिर ५४७ जना आमाको मृत्यु भएको छ ।

उता  सरकारले विगत चार वर्षदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीको हवाई उद्धार अर्थात् एयर लिफ्टिङ सेवा कार्यक्रम सञ्चालन गरिरहेको छ । तर, दुर्गम क्षेत्रमा पूर्ण रूपमा विपन्न परिवारको पहुँचमा पुग्न सकेको छैन ।

दैलेखको पश्चिमी भागमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिका–१, सिराडीकी २४ वर्षिया पार्वती शाहीलाई हालै सुत्केरी व्यथाले च्याप्यो । लामो समयसम्म व्यथाले च्यापेपछि घरदेखि आधा घण्टा लाग्ने प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा स्ट्रेचरमा बोकेर उनलाई पुर्‍याइयो । स्वास्थ्य केन्द्रमा उनले बच्चालाई जन्म त दिइन् । तर, उनको धेरै रक्तश्राव हुन् थाल्यो । पछि उनलाई  कर्णाली प्रदेश अस्पतालमा रिफर गरियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP