गर्भवतीलाई हवाई उद्धारमा प्राथमिकता, दक्ष जनशक्ति व्यवस्थापनमा बेवास्ता ! – Deurali Khabar

नेपालमा पछिल्लो समय स्वास्थ्य संस्था पुगेर सुत्केरी सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । तर, स्वास्थ्य संस्थामा सुत्केरी गराउन पुगे पनि मातृ मृत्युदर घट्न सकेको छैन । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा मातृ तथा नवजात शिशु शाखाका अनुसार आर्थिक वर्ष २०७७ असोजदेखि ०७८ चैत्रसम्म २४१ सुत्केरी र गर्भवतीको ज्यान गएको थियो । यस्तै कोभिड १९ मातृ  मृत्युदर रिपोर्टअनुसार ०७५ र ०७६ को साउनदेखि ०७७ भदौसम्म मात्र २७३ जना स्वास्थ्य संस्थामा र बाहिर ५४७ जना आमाको मृत्यु भएको छ ।

उता  सरकारले विगत चार वर्षदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीको हवाई उद्धार अर्थात् एयर लिफ्टिङ सेवा कार्यक्रम सञ्चालन गरिरहेको छ । तर, दुर्गम क्षेत्रमा पूर्ण रूपमा विपन्न परिवारको पहुँचमा पुग्न सकेको छैन ।

दैलेखको पश्चिमी भागमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिका–१, सिराडीकी २४ वर्षिया पार्वती शाहीलाई हालै सुत्केरी व्यथाले च्याप्यो । लामो समयसम्म व्यथाले च्यापेपछि घरदेखि आधा घण्टा लाग्ने प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा स्ट्रेचरमा बोकेर उनलाई पुर्‍याइयो । स्वास्थ्य केन्द्रमा उनले बच्चालाई जन्म त दिइन् । तर, उनको धेरै रक्तश्राव हुन् थाल्यो । पछि उनलाई  कर्णाली प्रदेश अस्पतालमा रिफर गरियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP