
३० चैत, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी वर्ष जेठमा गण्डकी प्रदेशमा आयोजना हुने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा गर्ने निर्णय गरेको खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिएका छन् ।



हरेक दुई वर्षमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद २०७७ सालमै आयोजना हुनुपर्ने थियो । कोरोना महामारीका कारण एक वर्षका लागि सारिएको प्रतियोगिता २०७८ मा पनि हुन सकेन ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यकारी नेतृत्वको विवाद सर्वोच्च अदालतसम्म पुग्दा तोकिएको समयमा प्रतियोगिता हुन नसकेको हो ।
बुधबार मन्त्रिपरिषद वैठकले निर्णय गरे पनि मनसुन सुरु हुने समय तथा पोखरा धेरै वर्षा हुने स्थान भएको हुनाले प्रतियोगिता सम्पन्न गर्न चुनौती छ ।