तलव बढाइएको छ, कर्मचारीहरु काममा थप लगनशील हुने विश्वास छ : प्रधानमन्त्री देउवा – Deurali Khabar

प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रेड युनियनसँग समन्वय गरेर जाने विषयमा वर्तमान सरकार सकारात्मक रहेको बताएका छन् । नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री देउवाले ट्रेड युनियनले उठाएका विषय क्रमश सम्बोधन गर्दै लाने विश्वास समेत दिलाए ।

‘श्रमिकको हक, अधिकार र संरक्षणको सम्बन्धमा ट्रेड युनियन काँग्रेस अझ बढी रचनात्मक ढंगले जाने मेरो विश्वास छ,’ काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले भने । समाजिक सुरक्षा भत्तामा गरेको दायरा विस्तारबाट श्रमिकले बढी लाभ प्राप्त गर्ने देउवाको भनाइ छ । ‘आर्थिक समस्याका बाबजुद पनि राष्ट्रसेवक कर्मचारीको तलव वृद्धि गरिएको छ । यसले कर्मचारीहरु काममा थप लगनशील हुनुहुने भन्ने मेरो विश्वास छ,’ उनले भने ।

योगदानमा आधारित सामाजिक सुरक्षालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाँदा औपचारिक र अनौपचारिक दुबै क्षेत्रबाट अपेक्षाकृत लाभ उठाउन सबै एकजुट भइ कार्य गर्न जरुरी रहेको देउवाले बताए । यस सन्दर्भमा आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समाजिक सुरक्षा कोषमा आबद्ध गर्दै लैजाने विषय समेटिएको उनको भनाइ छ । ‘ट्रेड युनियन काँग्रेस र अन्य ट्रेड युनियनले श्रमिकको सुरक्षा र सुविधाका लागि उठाएको विषय संवेदनशील छ । सरोकारवालासँग छलफल गरी सम्बोधन गर्दै जाने तपाईहरुलाई आश्वस्त पार्न चाहन्छु,’ उनी भन्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP