रुसी संगीतलाई प्रतिबन्ध लगाउने युक्रेनको निर्णय – Deurali Khabar

काठमाडौं । युक्रेनको संसदले रुसी संगीतलाई सार्वजनिक थलो र सञ्चारमाध्यममा प्रतिबन्ध लगाउने प्रस्तावको पक्षमा मतदान गरेको छ । बीबीसीका अनुसार यो रोक सबै रुसी संगीतमा लागू हुनेछैन, बरु सन् १९९१ पछि रुसी नागरिक भएकाद्वारा सिर्जना गरिएको संगीतसँग सम्बन्धित छ ।

तर रुसी आक्रमणको विरोध गर्ने कलाकारले चाहिं प्रतिबन्ध छुटको लागि आवेदन दिन सक्ने भएका छन् । संसदबाट पारित भएको उक्त कानुनअनुसार रुस र बेलारुसबाट पुस्तक आयात गर्न पनि प्रतिबन्ध लगाइने भएको छ ।

पूर्वी र दक्षिण युक्रेनमा बसोबास गर्ने युक्रेनीले ऐतिहासिक रुपमै रुससँग बलियो सम्बन्ध महसुस गरेका छन् र उनीहरुको पहिलो भाषा पनि रुसी नै हो ।

आइतबार सांसदहरुले पारित गरेको विधेयकले टेलिभिजन, रेडियो, विद्यालय, सार्वजनिक यातायात, होटल, सिनेमा घर र अन्य सार्वजनिक स्थानमा रुसी संगीत बजाउन वा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ ।

युक्रेनको संसदका ४५० सांसदमध्ये यो प्रस्तावको पक्षमा ३०३ जनाले मतदान गरेका थिए । ‘युक्रेनमा संगीतको माध्यमबाट सम्भावित शत्रुतापूर्ण प्रचारको जोखिमलाई कम गर्ने र राष्ट्रिय संगीतको उत्पादनलाई बढाउनेछ,’ विधेयकमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP