मंगलबार , फागुण ६, २०८१
धानखोला पहिरोमा परेर दुई भारतीय वेपत्ता – Deurali Khabar

६ असार, बुटवल ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको धानखोलामा पहिरोमा परेर दुई जना भारतीय वेपत्ता भएका छन् ।प्युठानको स्वर्गद्वारी दर्शन गरी फर्कदै गरेका भारतको सिद्धार्थनगर जिल्लाका १७ वर्षीय निखिल कौशल र १८ वर्षीय सुरज सोनी वेपत्ता भएका प्रहरीले जनाएको छ ।

लु २ ख २७१६ नम्बरको फोर्स गाडीमा फर्किँदै गरेका उनीहरुलाई शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा गाडीबाट ओर्लेर खोला तर्ने क्रममा अचानक आएको पहिरोले उनीहरुलाई बगाएको हो । उनीहरुको खोजी कार्य जारी रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP