
८ असार, काठमाडौं । रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थमा भएको चर्को मुल्य वृद्धिविरुद्ध माइतीघर मण्डलामा किसानहरु प्रदर्शनमा उत्रिएका छन् ।
संयुक्त किसान आन्दोलनको ब्यानरमा उनीहरुले किसानलाई तुरून्त मल/बीऊको व्यवस्था गर्न माग गर्दै पम्प्लेटसहित प्रदर्शनमा उत्रिएका हुन् ।



उनीहरुले ‘किसानलाई तुरुन्त मल, बीउको व्यवस्था गर, मलमा भइरहेको कालोबजारीको अन्त्य गर’ लगायतको नारासहित प्रदर्शन गरेका छन् ।