सचिवालय बैठकमा नेपालले भने – मन्त्री फेर्ने निर्णयबारे आज छिनोफानो हुन्छ – Deurali Khabar

नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय तत्काल कार्यान्वयनका लागि अध्यक्ष माधव नेपालमाथि दबाब बढेको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा नेताहरुले मन्त्री हेरफेरको निर्णय कार्यान्वयन नभएको विषयमा प्रश्न उठेका थिए ।

एकीकृत समाजवादीले जेठ २२ मा आफ्ना चार मन्त्री फेर्ने निर्णय गरेको थियो । एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त निर्णय कार्यान्वयन नगरेपछि नेताहरुले बैठकमा अध्यक्ष नेपालको ध्यानाकर्षण गरेका थिए ।

अब बस्ने पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद बैठकअघि पार्टीको निर्णय कार्यान्वयनमा नेताहरुको जोड थियो । नेताहरुले प्रश्न उठाएपछि अध्यक्ष नेपालले यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने आश्वासन दिएको तुलाधरको भनाइ छ ।

आफूहरुको निर्णय कार्यान्वयन नगर्ने कुरा राम्रो नभएको भन्दै आजै गठबन्धनको बैठकमा कुरा उठाउने अध्यक्ष नेपालको भनाइ थियो । गठबन्धनको बैठक अहिले बालुवाटारमा जारी छ । एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल, महासचिव वेदुराम भुसाल सहभागी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP