ललितपुरको जिएचसीए सेमिफाइनलमा – Deurali Khabar

ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए)  ललितपुर यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेको छ । जिएचसीए समूह ‘सी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

प्रत्येक समूहबाट विजेता टोली सोझै सेमिफाइनल पुग्ने प्रावधान छ । सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिएको छ । जिएचसीएले पहिलो खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी)लाई हराएको थियो । मूलपानी क्रिकेट मैदानमा जिएचसीएले एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीलाई १० विकेटले सहजै पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । एन्जल्सले ११ ओभर एक बलमा पूरै विकेट गुमाएर मात्र ३३ रनको सामान्य योगफल खडा गर्‍यो । एन्जल्सका सन्देश भण्डारीले ९ बलमा ८ रन बनाए ।

जवाफमा जिएचसीएले ५ ओभरमा विना विकेट क्षति लक्ष्य पूरा गर्‍यो । जिएचसीएका अली अक्बर अन्सारीले १६ बलमा १८ तथा लक्की कठायतले १४ बलमा १५ स्कोर गरे । बाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा जिएचसीएको काठमाडौं टोली पनि जित निकाल्न सफल भयो । जिएचसीएले कालिकोट जिल्ला क्रिकेट संघलाई ६ विकेटले हरायो ।

पहिले ब्याटिङ गर्न मैदान प्रवेश गरेको कालिकोटले १२.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन जोड्यो । कालिकोटका विश्वास खत्रीले २३ बलमा १२ तथा कृष्ण भण्डारीले २२ बलमा ८ रन बटुले । जिएचसीएका परिक्षित ढकाल र दीपेन्द्र भण्डारीले ४–४ विकेट लिए । ‘म्यान अफ द म्याच’ परिक्षितले ३ ओभरमा १.७ औसतमा ५ विकेट  दिए ।
जिएचसीएले १२.१ ओभरमा ४ विकेट क्षतिमा ४६ रनको लक्ष्य पूरा गर्‍यो । जिएचसीएका अनुभव खनालले १७ बलमा ११ रन जोडे । कालिकोटका म्याट्रिक थापाले २ विकेट झारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP