मंगलबार , फागुण ६, २०८१
रवि लामिछानेको पार्टी विरुद्ध आयोगमा उजुरी – Deurali Khabar

काठमाडौं । रवि लामिछानेले खोलेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

स्वतन्त्र उम्मेदवारी अभियानले लामिछाने नेतृत्वकाे पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको हो ।

उजुरीमा पार्टीको नाममा ‘स्वतन्त्र’ शब्द प्रयोग भएकाे आपत्ति जनाउँदै उक्त शब्द हटाउन माग गरिएकाे अभियानका संयोजक डम्बर शाहुले जानकारी दिनुभयाे ।

रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिनुभएकाे थियाे ।

उहाँको पार्टीको चुनाव चिह्न ‘घण्टी’ प्रस्ताव गरिएकाे छ। उजुरीका सम्बन्धमा अध्ययन तथा छानविनपछि उचित निर्णय लिने आयोगले जनाएाकाे छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP