रवि लामिछानेको पार्टी विरुद्ध आयोगमा उजुरी – Deurali Khabar

काठमाडौं । रवि लामिछानेले खोलेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

स्वतन्त्र उम्मेदवारी अभियानले लामिछाने नेतृत्वकाे पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको हो ।

उजुरीमा पार्टीको नाममा ‘स्वतन्त्र’ शब्द प्रयोग भएकाे आपत्ति जनाउँदै उक्त शब्द हटाउन माग गरिएकाे अभियानका संयोजक डम्बर शाहुले जानकारी दिनुभयाे ।

रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिनुभएकाे थियाे ।

उहाँको पार्टीको चुनाव चिह्न ‘घण्टी’ प्रस्ताव गरिएकाे छ। उजुरीका सम्बन्धमा अध्ययन तथा छानविनपछि उचित निर्णय लिने आयोगले जनाएाकाे छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP