विराटनगरको बजेटको आकार साढे ३ अर्ब – Deurali Khabar

१० असार, विराटनगर ।     आर्थिक वर्ष २०७९/८० का लागि विराटनगर महानगरपालिकाले साढे तीन अर्बको बजेट ल्याउने भएको छ ।

नागेश कोइराला नेतृत्वको टिमले आज ३ अर्ब ५० करोड हाराहारीको बजेट ल्याउने भएको हो । जुन चालु आर्थिक वर्षको भन्दा करिब एक अर्ब कम हो ।

चालू आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको बजेट ल्याएको थियो । विराटनगरका मेयर कोइरालाले ३ अर्ब ५० करोड देखि ३ अर्ब ६० करोड भित्र रहेर बजेट आउने बताए ।
महानगरले शुक्रबार नै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ । बजेट मार्फत करको दरलाई घटाइनेछ ।

नेपाली कांग्रेसबाट निर्वाचित मेयर कोइरालाले चुनाव अघि करको दर घटाउने र दायरा बढाउने मुख्य चुनावी एजेन्डा बनाएका थिए । उनको पहिलो निर्णय पनि करको दर घटाउनका लागि अध्ययन गर्न कार्यदल गठन गर्ने थियो । कार्यदलको सिफारिसका आधारमा दर समायोजन गरिएको महानगर स्रोत बताउँछ ।

बजेटमा ठूला योजना भने नहुने बताइएको छ । शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बजेट प्रस्तुत हुनेछ ।

धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट पेश गर्दैछन् । केही पालिकाहरुले यसअघि नै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP