शुक्रबार , भाद्र १९, २०८३
एन्फा भन्छ – नवीन पाण्डेको नियुक्ति विधान विपरीत छैन – Deurali Khabar

१० असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले विदेश विभागको प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गरेकोमा आलोचना भइरहेको छ ।

एन्फा विधानको हवाला दिएर विदेशी नागरिकलाई फुटबलको विदेश विभाग प्रमुखको जिम्मेवारी दिँदा स्वार्थ बाझिनसक्ने आशंका गरिएका छन् । एन्फा विधानमा एन्फा, प्रदेश फुटबल संघ र जिल्ला फुटबल संघमा निर्वाचित वा मनोनित हुन नपाउने व्यवस्थाको पहिलो नम्बरमै ‘गैरनेपाली नागरिक’ भन्ने उल्लेख छ ।

त्यसकै आधारमा जर्मन नागरिक पाण्डेको नियुक्तिमा विरोध भएको हो । तर सोही बैठकबाट महासचिव नियुक्त भएका किरण राईले भने स्वयमसेवक जिम्मेवारी भएको हुनाले आफूहरुले विधान विपरीत हुने गरी कुनै काम नगरेको दाबी गरे । उनले यो विषयलाई धेरै उछाल्नु अर्थहीन हुने बताए ।

‘यहाँनेर थोरै भ्रम भएजस्तो लाग्यो । एन्फाको विधानमा गैरनेपाली नागरिक एन्फाको केन्द्रीय, प्रादेशिक र जिल्ला फुटबल संघको कार्यसमितिमा निर्वाचित वा मनोनित हुन नपाउने भनिएको,’ राईले अनलाइनखबरसँग भने, ‘नवीन पाण्डेलाई हामीले विदेश विभाग विज्ञका रुपमा नियुक्त गरेका हौं । विदेशी प्रशिक्षक र विज्ञहरु नियुक्ति गरेजस्तै हो उहाँको नियुक्ति ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग

स्याङ्जा सहयोग समाजको समन्वयमा बाढी प्रभावितका लागि २० लाख रुपैयाँ सहयोग


TOP