एमालेले हस्ताक्षर गर्न नमानेपछि हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित – Deurali Khabar

एमालेले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित बनेको छ । एमालेका कार्यपालिका सदस्यहरुले पुस्तिकामा हस्ताक्षर गर्न नमाने पछि शुक्रबार बिहान १० बजेका लागि बोलाइएको हेटौंडा उपमहानगरपालिकाको ११ औं अधिवेशन प्रभावित बनेको हो ।

हालसम्म पनि चल्न नसकेको नगरसभा सञ्चालनका लागि एमालेसँग नगर प्रमुख मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँ बैठक बसिरहेका छन् । बागमती प्रदेशको एकमात्रै उपमहानगर हेटौंडाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न करिब २ अर्ब ७१ करोड ७९ लाख बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

आन्तरिक स्रोतबाट ९४ करोड ३६ लाख, राजस्व बाँडफाँटबाट ५८ करोड ९३ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, संघीय सरकारको अनुदानबाट १ अर्व ६ करोड ९५ लाख रुपैयाँ खर्च व्यहोर्ने गरि  बेहोरिने गरी उपमहानगरले बजेटको तयारी गरेको जनाइएको छ ।

हेटौंडा उपमहानगरपालिकाको कार्यपालिकामा एमालेको बहुमत छ । कार्यपालिकाको २९ सदस्यमध्ये एमालेको १८, काँग्रेसको उपमेयर सहित ८, नेकपा एकीकृत समाजवादीको मेयर सहित २ र माओवादी केन्द्रका एक सदस्य छन् । त्यस्तै एमालेको नगरसभामा समेत बहुमत छ । कुल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेका ५४ जना रहेका छन् ।

एमालेले मेयरको अधिकार कटौती गर्नुपर्ने माग राख्दै पहिलो कार्यपालिकाको बैठकमा बैठक सञ्चालनको कार्यविधि संशोधनको प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमाथि सहमति नजुटेपछि बैठक बहिष्कार गरेका थिए ।
एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५ (२) र १५ (३) मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्ने माग राख्दै आएको छ ।

त्यस्तै एमालेले नगरसभामा बहुमत रहेको दलसँग समन्वय नै एकलौटी रुपमा मेयर र उपमेयरले नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको समेत आरोप लगाएको छ । एमालेले बहुमत सदस्यलाई व्यवास्ता गरेर कार्यपालिकाबाट नीति तथा कार्यक्रम र बजेट पारित गरेकोप्रति आपत्ति जनाउँदै विरोध गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP