एमालेको व्यक्तिवादले शक्ति आर्जन गरेपछि अहंकारी प्रवृति देखायो : माधव नेपाल – Deurali Khabar

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा एमालेमा चरम रुपमा व्यक्तिवाद हावी मात्र नभई व्यक्तिवादले चरम सीमा नाघेर गएको बताएका छन् । काठमाडौंँमा सुरु भएको पार्टीको चौथो केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले  त्यो व्यक्तिवादले शक्ति आर्जन गरेपछि अहंकारी प्रवृत्ति बोकेको बताए ।

उनले भने– ‘त्यो अहंकारी प्रवृत्ति पछि गएर निरङ्कुश बन्न पुग्यो । निरङ्कुश प्रवृत्ति देखापर्न थालिसकेपछि पार्टीमा गहिरो संकट देखापर्यो । आफ्नो स्वार्थका लागि देशमाथि पनि कुठाराघात गर्ने काम भयो । भष्टाचार फष्टाउन, मौलाउन थाल्यो । जनताका समस्यालाई बेवास्ता गरियो ।’

उनले तत्कालीन एमाले भन्दा आफ्नो दल बढी देशभक्त रहेको बताउँदै देशभक्तिलाई बिर्सन नसक्ने बताए । उनले जनजीविकाको कुरा बिर्सन नसक्ने भन्दै जनतालाई सुशासनको प्रत्याभूति दिन सक्नुपर्नेमा जोड दिए । उनले अहिलेको कम्युनिष्ट पार्टीमा भ्रष्टिकरणको प्रवृत्ति बढ्दै गएको बताए । जनताको अवस्थालाई अवमूल्यन गर्ने प्रवृत्ति बढ्दै गएको समेत उनले बताए ।

उनले भने– ‘देशमा महँगी बढ्दै गएको छ । तेलको मूल्य बढेको छ । हरेक कुराको मूल्य वृद्धि भएको छ । यस्तो स्थितिमा हाम्रो एकीकृत समाजवादी पार्टी चुप लागेर बस्न सक्छ ? अप्ठेरो के छ भने हामी सडकमा उत्रौँ सत्तामा आफ्नै छन्, सडकमा उत्रियौँ भने फेरि ठूलो खिसी टिउरी सुरु हुन्छ । पाँचदलीय गठबन्धन सरकार समक्ष हामीले पटक–पटक कुरा उठाएका छौँ । तेलको भाउ बढ्यो, मूल्य अचाक्ली बढ्यो । भ्रष्टीकरण व्यापक रुपमा बढ्यो भनेर ५ दलको बैठकमा भनेका थियौँ । ५ दलको बैठक बसेर तेलको मूल्य घटाउन सकिन्छ घटाउने निर्णय गर्यौँ । राज्यले जनतालाई बेचेर मुनाफा कमाउने हैन । यसमा जनतालाई मार्का नपर्ने गरी तेलको मूल्य घटाउने छलफल भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP