बिहिबार , भाद्र १८, २०८३
कसरी आयो विदेशी मुद्रा सञ्चितिको वर्तमान अवस्था ? – Deurali Khabar

मुलुकको विदेशी मुद्रा सञ्चितिको घट्ने प्रवृत्ति विश्‍लेषण गर्दा यो आर्थिक वर्ष शुरु भएदेखि मात्र घट्न थालेको होइन केही अघिदेखि नै घट्न थालेको देखिन्छ । अहिले देखिएको अवस्था कोभिडको अवस्थामा सुरु नभएको भए २ वर्ष अगाडि नै देखापर्ने स्थिति थियो ।

वस्तु तथा सेवाको आयात र विदेशी मुद्राको सञ्चितिका बीच प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । देशभित्र नियमित आप्रवाह हुने विदेशी मुद्राको परिमाणले देशमा आयात हुने वस्तु तथा सेवाको भुक्तानी गर्न नपुगेमा सञ्चिति रहेको विदेशी मुद्राबाट भुक्तानी गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा सञ्चित रहेको विदेशी मुद्रा कम हुँदै जान्छ । प्रस्तुत गरिएको तालिका नं. 1 बाट देशभित्र आप्रवाह हुने नियमित आप्रवाहबाट आयातित वस्तु तथा सेवाको भुक्तानी गर्न नपुगेर विदेशी मुद्रा सञ्चितबाट भुक्तानी गर्ने अवस्था आइपरेकोले यस्तो सञ्चिति घट्दै गएको देखिन्छ । तथ्यांक केलाउँदा ०७७ मंसिर/पुस देखिनै घट्न थालेको देखिन्छ ।

आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कोभिड-१९ का कारण आयातमा भएको कमीले संचित रहेको विदेशी मुद्रा धेरै खर्च गर्नुपर्ने अवस्था रहेन । साथै हाम्रो जस्तो अनौपचारिक वैदेशिक व्यापार भएको देशमा कोभिडको समयमा त्यस किसिमको व्यापारमा उल्लेख्य रूपमा कमी आएको थियो ।

अर्कोतर्फ उक्त समयमा विप्रेषण आप्रवाहमा भएको वृद्धिका कारण विदेशी मुद्रा संचित सन्तोषजनक रूपमा रहेको थियो । पछिल्लो समयमा अर्थतन्त्र बढी क्रियाशील भैरहँदा आयात व्यापारको परिमाण र प्रतिशत दुवै वृद्धि भएको छ भने अर्कोतर्फ अन्तर्राष्‍ट्रिय बजारमा भएको मूल्यवृद्धि र खासगरी पेट्रोलियम पदार्थको आपूर्तिमा सहज नहुँदा यसमा भएको भारी मूल्यवृद्धि र विप्रेषण आप्रवाहमा वृद्धि हुन सक्दा विदेशी विनिमय सञ्चितिमा निकै चाप परेको स्थिति हो । उपरोक्त अवस्थाको कारणले २०७२ मंसिरमा १८.८ महिनाका लागि वस्तु तथा सेवा आयात धान्‍ने क्षमता क्रमिकरूपमा गिरावट आई २०७८ फागुन मसान्तमा ६.७ महिनाको लागि धान्‍न सक्ने अवस्थामा रहेको छ ।

मुलुकको विदेशी मुद्रा सञ्चिति घट्ने प्रवृत्ति विश्‍लेषण गर्दा यो आर्थिक वर्ष सुरु भएदेखि मात्र घट्न थालेको होइन केही अघिदेखि नै घट्न थालेको देखिन्छ । अहिले देखिएको अवस्था कोभिडको अवस्थामा सुरु नभएको भए २ वर्ष अगाडि नै देखापर्ने स्थिति थियो । कोभिडको अवस्थामा यसलाई रोकथाम तथा नियन्त्रण गर्न अपनाइएका विश्‍वव्यापी बन्दबन्दीको प्रभावका साथै स्वदेशभित्रको बन्दाबन्दी र विशेष किसिमका वस्तुहरूमा लगाइएका परिमाणात्मक बन्देजहरूले गर्दा त्यसको सोझो असर आयातमा पर्न गएको थियो । फलस्वरूप अहिले देखा परेको समस्या त्यति बेलाको समय पछाडि सरेर अहिले देखा परेको हो । यसलाई तालिकामा रहेको तथ्याङ्कले समेत प्रष्‍ट्याउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP