मंगलबार , फागुण ६, २०८१
कसरी आयो विदेशी मुद्रा सञ्चितिको वर्तमान अवस्था ? – Deurali Khabar

मुलुकको विदेशी मुद्रा सञ्चितिको घट्ने प्रवृत्ति विश्‍लेषण गर्दा यो आर्थिक वर्ष शुरु भएदेखि मात्र घट्न थालेको होइन केही अघिदेखि नै घट्न थालेको देखिन्छ । अहिले देखिएको अवस्था कोभिडको अवस्थामा सुरु नभएको भए २ वर्ष अगाडि नै देखापर्ने स्थिति थियो ।

वस्तु तथा सेवाको आयात र विदेशी मुद्राको सञ्चितिका बीच प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । देशभित्र नियमित आप्रवाह हुने विदेशी मुद्राको परिमाणले देशमा आयात हुने वस्तु तथा सेवाको भुक्तानी गर्न नपुगेमा सञ्चिति रहेको विदेशी मुद्राबाट भुक्तानी गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा सञ्चित रहेको विदेशी मुद्रा कम हुँदै जान्छ । प्रस्तुत गरिएको तालिका नं. 1 बाट देशभित्र आप्रवाह हुने नियमित आप्रवाहबाट आयातित वस्तु तथा सेवाको भुक्तानी गर्न नपुगेर विदेशी मुद्रा सञ्चितबाट भुक्तानी गर्ने अवस्था आइपरेकोले यस्तो सञ्चिति घट्दै गएको देखिन्छ । तथ्यांक केलाउँदा ०७७ मंसिर/पुस देखिनै घट्न थालेको देखिन्छ ।

आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कोभिड-१९ का कारण आयातमा भएको कमीले संचित रहेको विदेशी मुद्रा धेरै खर्च गर्नुपर्ने अवस्था रहेन । साथै हाम्रो जस्तो अनौपचारिक वैदेशिक व्यापार भएको देशमा कोभिडको समयमा त्यस किसिमको व्यापारमा उल्लेख्य रूपमा कमी आएको थियो ।

अर्कोतर्फ उक्त समयमा विप्रेषण आप्रवाहमा भएको वृद्धिका कारण विदेशी मुद्रा संचित सन्तोषजनक रूपमा रहेको थियो । पछिल्लो समयमा अर्थतन्त्र बढी क्रियाशील भैरहँदा आयात व्यापारको परिमाण र प्रतिशत दुवै वृद्धि भएको छ भने अर्कोतर्फ अन्तर्राष्‍ट्रिय बजारमा भएको मूल्यवृद्धि र खासगरी पेट्रोलियम पदार्थको आपूर्तिमा सहज नहुँदा यसमा भएको भारी मूल्यवृद्धि र विप्रेषण आप्रवाहमा वृद्धि हुन सक्दा विदेशी विनिमय सञ्चितिमा निकै चाप परेको स्थिति हो । उपरोक्त अवस्थाको कारणले २०७२ मंसिरमा १८.८ महिनाका लागि वस्तु तथा सेवा आयात धान्‍ने क्षमता क्रमिकरूपमा गिरावट आई २०७८ फागुन मसान्तमा ६.७ महिनाको लागि धान्‍न सक्ने अवस्थामा रहेको छ ।

मुलुकको विदेशी मुद्रा सञ्चिति घट्ने प्रवृत्ति विश्‍लेषण गर्दा यो आर्थिक वर्ष सुरु भएदेखि मात्र घट्न थालेको होइन केही अघिदेखि नै घट्न थालेको देखिन्छ । अहिले देखिएको अवस्था कोभिडको अवस्थामा सुरु नभएको भए २ वर्ष अगाडि नै देखापर्ने स्थिति थियो । कोभिडको अवस्थामा यसलाई रोकथाम तथा नियन्त्रण गर्न अपनाइएका विश्‍वव्यापी बन्दबन्दीको प्रभावका साथै स्वदेशभित्रको बन्दाबन्दी र विशेष किसिमका वस्तुहरूमा लगाइएका परिमाणात्मक बन्देजहरूले गर्दा त्यसको सोझो असर आयातमा पर्न गएको थियो । फलस्वरूप अहिले देखा परेको समस्या त्यति बेलाको समय पछाडि सरेर अहिले देखा परेको हो । यसलाई तालिकामा रहेको तथ्याङ्कले समेत प्रष्‍ट्याउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP