अबको ५ वर्ष रफ्तारमा काम गर्छु : मेयर रेनु दाहाल – Deurali Khabar

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको ५ वर्ष रफ्तारमा काम गर्ने बताएकी छन् । भरतपुर वडा नम्बर १ स्थित लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित राम जानकी बालिका आश्रमको गृह प्रवेश समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

मेयर दाहालले यो कार्यकालमा पनि विगतको जस्तै साझा ढङ्गबाट सबैसँग हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गरिन् । ‘म दोस्रो कार्यकालका निर्वाचित भएको छु, उनले भनिन्,‘म केही गर्छु भनेर आएको छु । बृहत संकल्पसहित आएको छु । म भरतपुरको विकासलाई रफ्तारमा लैजाने छु । समानुपातिक विकास मेरो प्रतिवद्धता हो ।’

राम जानकी बालिका आश्रम निर्माणका लागि महानगरपालिकाले ३ कठ्ठा जग्गा र भवन निर्माणका लागि बजेट विनियोजन गरी यसको अगुवाई गरेको मेयर दाहालको भनाई थियो । देवघाटको एक भवनमा भाडामा बालिकाहरूलाई संरक्षण गर्दै आएको आश्रमलाई भरतपुर महानगरपालिकाले जग्गा र भवन निर्माणका लागि बजेट विनियोजन गरेसँगै २८ कोठे भवन निर्माणधिन अवस्थामा छन् । भवन निर्माणमा वागमती प्रदेश सरकार र दाताहरुले सहयोग गरेका छन् । भवन निर्माणका लागि करिब २ करोड रुपैयाँ खर्च भइसकेको छ ।

बाँकी निर्माण कार्य सम्पन्न गर्न भरतपुर महानगरपालिकाले यस आर्थिक वर्षमा पनि बजेट विनियोजन गर्ने दाहालले प्रतिवद्धता व्यक्त पनि गरिन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP