कांग्रेस तालमेल गर्न तयार, तर ५ वर्ष आफ्नै नेतृत्वमा सरकार – Deurali Khabar

३  साउन, काठमाडौं । स्थानीय चुनावका बेला सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्ने विषयमा विभाजित नेपाली कांग्रेस संघीय चुनावमा गठबन्धन गर्नेबारे भने एकढिक्का देखिएको छ ।

उसले ‘स्थिर सरकार’का लागि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । तर चुनावपछि अरु दलसँग सत्ता गठबन्धन गर्न नपाउने र ५ वर्ष आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने कांग्रेसको शर्त छ ।

६ दिनसम्म छलफल भएर सोमबार सकिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३० वैशाखको स्थानीय तहको चुनावमा भएको तालमेल सन्तोषजनक भएको निष्कर्ष निकालेको छ ।

साथै आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई बहुमततर्फ लक्षित गराउने भन्दै तालमेलको पक्षमा निर्णय गरेको छ । ‘संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ’, कांग्रेसको निर्णयमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP