शपथ लिएर डेरामा फर्केपछि सबै स्वतन्त्रता हरण भए भन्ने चिन्ता लागेको थियो : सभामुख सापकोटा – Deurali Khabar

सभामुख अग्नि सापकोटाले आफुले पहिलोपटक सभामुखको शपथ लिएर डेरामा फर्केपछि आफुलाई आफ्ना सबै स्वतन्त्रता हरण भए भन्ने चिन्ता लागेको बताएका छन् । तर काम गर्दै जाँदा आफुलाई ठुलठुला विश्वविद्यालयका भन्दा पनि बढी शिक्षा लिने मौका पाएको उनले बताए । उनले काम गर्ने क्रममा कतिपय कमीकमजोरी भएको हुनसक्ने भन्दै आफुलाई प्रशंसा भन्दा आलोचना गरिदिन पत्रकारहरुलाई आग्रह समेत गरे ।

‘मलाई प्रशंसाले होइन आलोचनाले सुध्रने मौका मिलेको छ’, सभामुख सापकोटाले सिंहदरबारमा भएको पत्रकार भेटघाटमा भने, ‘म सभामुख भएँ र मलाई सबैभन्दा ठुलो केही प्राप्त भएको छ भने अनुभव हो ।’  उनले यस्तो अनुभव कुनै विश्वविद्यालयको भन्दा कम नरहेको पनि टिप्पणी गरे । ‘मेरा लागि त अक्सफोर्ड, हार्डवर्ड विश्वविद्यालयको अध्ययन एकेडेमिक हिसावले महान हुन्छ होला । तर त्योभन्दा पनि कयौं गुणा अनुभव र विश्वविद्यालयजस्तो लागेको छ’,  उनले पहिलोपटक सभामुखको सपथ लिए पछिको अनुभव सुनाए ।

‘७६ माघमा सपथ ग्रहण लिएर त्यतिबेला डेरामा फर्किदै गर्दा बेलुका मलाई के लागेको थियो भने मेरा सबै स्वतन्त्रताहरु हरण भए भन्ने चिन्ता लागेको थियो । किनभने ३७ सालदेखि निरन्तर पार्टीमा लागेको मान्छे तर आफैलाई लगाम लाउनुपर्ने स्थिति भयो भनेर ।’ उनले आफुले कमीकमजोरीहरू सुधार्दै अघि बढ्ने भन्दै जिम्मेवारी लिन तयार रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

TOP