मंगलबार , माघ २९, २०८१
प्रदीप ज्ञवाली भन्छन् : मलाई ट्रोल गरेर भान्सा सस्तो हुन्छ भने शुभकामना – Deurali Khabar

५ साउन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूले महंगीका विषयमा बोलेको कुरालाई लिएर ट्रोल बनाएकामा असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले आफूले सार्वजनिक कार्यक्रममा महंगी बढेको विषय उठाउँदा अमेरिकामा खाना खाइरहेको फोटो हालेर ट्रोल बनाएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

२ साउनमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण विभागले गरेको कार्यक्रममा उनले मूल्यवृद्धि अचाक्ली बढेको औंल्याउँदै आफू पूर्वमन्त्री भए पनि घरमा दुईथरि तरकारी पकाएर खान सक्ने अवस्था नभएको बताएका थिए ।

त्यसपछि सामाजिक सञ्जालमा ज्ञवालीले खाना खाइरहेको तस्वीर सार्वजनिक गर्दै ज्ञवालीमाथि ब्यंग्य गरिएको थियो ।

उनले भने, ‘सत्तारुढ दलका कतिपय नेता कार्यकर्ता मूल्य बढ्नु समस्या हो भन्ने स्वीकार गर्नुभन्दा फोटोसप गरेर हुन्छ कि के गरेर हुन्छ ट्रोल बनाउनेतिर लाग्छन्,’ उनले भने, ‘अस्ति मैले यही विषय उठाएको थिए, साथीहरुले मैले अमेरिकामा खाना खाइरकेको फोटो छापेर दुईथरी तरकारीको कुरा गर्नुभयो । त्यसो गरेर उहाँहरुको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना छ ।’

ज्ञवालीले खाद्यान्नमा समग्रमा ४० प्रतिशत, इन्धनमा ४२ प्रतिशत मूल्य बढेको तथ्यांक पेश गर्दै उनले सरकारको ध्यानाकर्षण गराए । मूल्य नियन्त्रणका लागि राहत दिने, सपथ मूल्य पसल चलाउने, बजार अनुगमन र कारबाही गर्ने लगायतका उपाय रहेको भन्दै एमाले उपमहासचिव ज्ञवालीले भने, ‘सरकारको ध्यान यो कुनै पवि विषयमा छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP