उपचारका लागि विदेश जाने क्रम हटाउनुपर्छ : अध्यक्ष तिमिल्सिना – Deurali Khabar

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गुणस्तरीय उपचार सेवा प्राप्त गर्न विदेश जाने क्रम हटाउनुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ महामारी तथा जनस्वास्थ्यका विषय’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले मुलुकमै सञ्चालित स्वास्थ्य संस्थामा आवश्यक उपचार पाउनुपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

“यहाँ अन्य मुलुकको तुलनामा राम्रो उपचार सेवा प्रदान गरिन्छ भन्ने कुरा सम्पूर्ण नेपालीको मनस्थितिमा जगाउन जरुरी छ । अन्य देशमा उपचार सेवा लिन जाँदा रकम बाहिरिन्छ”, अध्यक्ष तिमिल्सिनाले भने । आम नागरिकले आफ्नो स्वास्थ्यमा ध्यान दिन र कोभिड–१९ सङ्क्रमणबाट बच्न विगतमा झै अनिवार्य रुपमा मास्क प्रयोग तथा खोप लगाउन जरुरी रहेको उनको धारणा थियो ।

समितिका सभापति दिलकुमारी रावल थापाले स्वस्थ्य नागरिक तथा सबल राष्ट्र निर्माणका लागि आम नागरिकले उत्तरदायित्वका साथै जवाफदेहिताको पालना गर्न जरुरी रहेको बताइन् । यस्तै स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले सन् २०३० सम्ममा मुलुकमा १५ देखि २० हजार स्वास्थ्यकर्मी आवश्यक रहेको उल्लेख गर्दै यसका लागि मन्त्रालय अघि बढ्न जरुरी रहेको बताए ।

मन्त्रालयका प्रवक्ता एवं प्रमुख विशेषज्ञ डा सङ्गीता मिश्रले आगामी दिनमा अभाव हुने स्वास्थ्य जनशक्ति व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.चुमनलाल दासले दुई हप्ताअघिदेखि मुलुकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्न सबैमा अनुरोध गरे ।

विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रमुख डा.राजेश संभाजीराव पाण्डवले मुलुकमा देखिएको हैजा नियन्त्रणका लागि गुणस्तरीय खानेपानीको व्यवस्थापनमा ध्यान दिन अपिल गरे।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP