अभिनेता पुष्पले वृक्षारोपण गरेर मनाए जन्मदिन – Deurali Khabar

आज अभिनेता पुष्प खड्काको ३१ औं जन्मदिन । काठमाडौंस्थित शंखमुलमा उनले बिहानै वृक्षारोपण गरेर जन्मदिन मनाएका छन् ।  वृक्षारोपणपछि पुष्प ओम साइराम मन्दिर पुगेका थिए । जहाँ विपन्‍न र घरबारविहीन मानिसहरूलाई उनले सामूहिक भोजनको व्यवस्था गरे ।

उद्योग र कलकारखानाबाट हुने कार्बन उत्सर्जनका कारण हरेक वर्ष पृथ्वीको सतह तातो हुँदै गएको र जलवायु परिवर्तन भइरहेको अवस्थामा वृक्षारोपणको महत्व अझै बढेर गएको उनले बताए । वृक्षारोपण गरेर प्रकृति संरक्षणमा लाग्न उनले सबैलाई आग्रह समेत गरेका छन् । अभिनयसँगै समाजसेवामा पनि पुष्पको रूचि छ । उनी समस्यामा परेका मानिसहरूलाई सहयोग गर्न पछि पर्दैनन् । दर्पणछाँया–२, मंगलम्, मारुनीलगायतका सिनेमाहरूमा अभिनय गरिसकेका पुष्प झन्डै २ हजार म्युजिक भिडियोमा देखिएका छन् । मंगलम फिल्मबाट उनले २०७४ सालमा उत्कृष्ट अभिनेतातर्फ राष्ट्रिय अवार्ड जितेका थिए

कैलालीको लम्किचुहा नगरपालिकामा साधारण परिवारमा जन्मिएका पुष्पले जन्मदिनमा आमा–बाबुलाई मिस गरिरहेको बताए ।

‘जन्म दिने मम्मी र बाबुलाई बर्थ डे केक खुवाउने सौभाग्य अझै मिलेको छैन, यसपाला पनि म यहाँ र मम्मी–बुबा गाउँमा हुनुहुन्छ ,’ उनले भने,‘ सानो छँदा हाम्रो गाउँघरमा केक काट्ने कल्चर थिएन । साथीभाई सर्कलमा कसैले पनि केक काटेको देखेको थिइनँ। कलेज पढ्दा बल्ल साथीहरुले केक काटेको देखेँ । कलेज सकिएपछि म संघर्षका लागि काठमाडौं आएँ, त्यहीकारण रहर हुँदा हुँदै पनि आमा–बुबासँग केक काटेर जन्मदिन मनाउन पाइएको छैन । तर, उहाँहरुको साथ, हौसला र आर्शिवाद सधैं पाएकाले धन्य महसुस गरेको छु ।’

पुष्पले आजै ‘कृष्ण लीला’ फिल्म युनिटसँगै बसेर बर्थ डे केक काट्दैछन् । संयोगवस्, आजै ‘कृष्ण लीला’ का निर्देशक दीपक ओलीको पनि जन्मदिन परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP