विकास समितिले माग्यो फास्ट ट्र्याक आयोजनाको कार्यतालिका – Deurali Khabar

९ साउन, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौं–मधेश फास्ट ट्रयाक आयोजनाको आर्थिक वर्ष ०७९–८० को कार्यतालिका माग गरेको छ ।

सोमबार बसेको समितिको बैठकले आयोजनाको लागत बढ्न नदिई निर्धारित समयमा गुणस्तरीय रुपमा काम सम्पन्न गर्ने विश्वसनीय आधारसहितको कार्यतालिका तत्काल बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, रक्षा मन्त्रालय र फास्ट ट्रयाक आयोजनालाई निर्देशन दिएको हो । समितिले उक्त कार्ययोजना समितिमा बुझाउन पनि निर्देशन दिएको छ ।

आर्थिक वर्ष ०७८–०७९ सम्म फास्ट ट्र्याक आयोजनाको जम्मा २१.८ प्रतिशत काम सकिएको छ । आयोजनाले पूर्वनिर्धारित कार्यतालिका बमोजिम हालसम्म ठेक्का व्यवस्थापनका काम हुन नसकेको भन्दै विकास सििमतले यही अवस्थामा आयोजना निर्धारित समयमा सम्म हुनेमा विश्वस्त हुन नससकिने बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP