आन्दोलनरत ६ कम्युनिस्ट पार्टीद्वारा विरोधका कार्यक्रम घोषणा – Deurali Khabar

देशमा जारी बेथितिविरुद्ध आन्दोलनमा उत्रिएका साना ६ कम्युनिस्ट पार्टीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

आन्दोलनको कार्यक्रममा जारी बेथितिविरुद्ध देशव्यापी विरोधदेखि राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने सम्मका कार्यक्रमहरु समावेश छन् । नागरिकता विधेयक रोक्न आग्रहको साथ उनीहरुले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउन लागेका हुन् ।

त्यसैगरी एमसीसी, एसपीपी, असंलग्न परराष्ट्र नीति विपरित सेनाको भूमिका, भ्रष्टाचार तथा महँगी, मलको अभावका विरुद्ध देशव्यापी विरोध कार्यक्रम गर्ने मोर्चाको तयारी छ ।

उनीहरुले साउन २० गते काठमाडौंमा र साउन २६ गते इटहरी, जनकपुर, हेटौडा, चितवन, पोखरा, बुटबल, धनगढी, सिमरा, सुर्खेत, नेपालगञ्जलगायत आवश्यकताअनुसार स्थानीय स्तरमा संयुक्त अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन् ।

जारी विज्ञप्तिमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा बहुमत, नेकपा मसाल, नेपाल कम्युनिष्ट पार्टी, माओवादी कम्युनिस्ट पार्टी, नेपाल र संयुक्त क्रान्तिकारी मोर्चाका शीर्ष नेताहरुको हस्ताक्षर रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP