मंगलबार , फागुण ६, २०८१
२०औं आहारारा गोल्डकपमा आयोजकलाई १२ लाख घाटा – Deurali Khabar

१४ साउन, पोखरा । सहारा क्लबले गत माघमा आयोजना गरेको २०औं संस्करणको आहारारा गोल्डकपमा घाटा व्यहोरेको जनाएको छ ।

शनिबार आयोजक क्लबले आयव्यय सार्वजनिक गरी साढे १२ लाख रुपैयाँ घाटा भएको जानकारी दिएको हो ।

प्रतियोगिताका अर्थ संकलन उपसमितिका संयोजक सुनील गुरुङले एकै पटक ठूलो मात्रामा आर्थिक नोक्सान भए पनि पछि देश तथा विदेशमा रहेका विभिन्न संघसंस्थाले सहयोग गर्दा नोक्सानको केही परिपूर्ति भएको जानकारी दिए ।

उनका अनुसार ती संघसंस्थाको आर्थिक सहयोगपछि अहिले क्लबले कुल तीन लाख रुपैयाँमात्रै नोक्सान व्यहोरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP