
पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरुले तहल्का मच्चाएका छन् । यसैविच हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित गायक प्रविण श्रेष्ठको नयाँ तिज गित ‘ डेपेन्डेन भिषा” डिजिटल बजारमा सार्वजनिक भएको छ
दोहोरी गायक प्रविण श्रेष्ठ र गाायिका शोभा आचार्यले गाएको गितमा गितकार एवम् गायक प्रविण श्रेष्ठको उत्कृष्ट शब्द सृर्जना एवम् गायक एवम् सर्जक विष्णु सिहंको लय रचना रहेको छ । गितमा संजय श्रीपालीको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको मायाप्रेमको विषयबस्तु संगै डिपेन्डेन्ट भिषा लागेर अष्ट्रेलिया जाने रमाईलो प्रसंगको चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ



बर्सिनी तिजको अवसर पारेर प्रविण श्रेष्ठले नयाँ नयाँ कोसेली सार्वजनिक गर्ने गर्छन् । विगत एक दशक भन्दा लामो समय देखी सांगितिक बजारमा रमाईरहेका श्रेष्ठका सृर्जनामा रहेका दर्जनौ गितहरु बजारमा छन् । तिजको शुभकामना दिदैं उनले बजारमा ल्याएको डिपेन्टडेन्ट भिषा बोलको गितपनि सार्वजनिक भएको छोटो समयमै राम्रो प्रतिकृया पाईरहेको बताएका छन् । केही समय अघि वजारमा आएको ‘धेरै धोका’ , ‘टक्क टक्क’ लगायत चर्चित गितहरुमा उनको स्वर दिएका छन् भने गित पनि सर्वत्र चर्चाको शिखरमा छ । उनि अव थुप्रै गित बजारमा ल्याऊने तयारीमा पनि छन् । धादिङ्ग जिल्ला जन्मघर भई काठमाडौं बसेर आफ्नो सांगितिक यात्रा अघि वढाएका छन् । उनि अन्तरराष्ट्रिय विमानस्थलमा नौ बर्ष काम गरेर निरन्तर गित संगितको यात्रा रमाईरहेका छन्
विगत एक दशक भन्दा लामो समय देखी सांगितिक यात्रा रमाई रहेकी गायिका शोभा आचार्य श्रेष्ठ पोखराबाट आफ्नो करियर अघि बढाईरहेकी छिन् । उनको आवाजमा रहेका गितहरु बजारमा चर्चित छन् । तिजको शुभकामना दिदैं उनले बजारमा ल्याएको डिपेन्टडेन्ट भिषा बोलको गित पनि सार्वजनिक भएको छोटो समयमै राम्रो प्रतिकृया पाईरहेको बताएकी छिन् । केही समय अघि वजारमा आएको ‘संकाको घैलो’ , ‘बैँशलाई के होला’ लगायत चर्चित गितहरुमा उनको स्वर दिएकी छन् भने गित पनि सर्वत्र चर्चाको शिखरमा छ । उनि अव थुप्रै गित बजारमा ल्याऊने तयारीमा पनि छन् । स्कुल देखि नै गितसंगितको यात्रातय गरेकी शोभाले बिभिन्न दोहोरी प्रतियोगितामा सहभागिता जनाएर प्रथम, दृतिय स्थान हासिल गर्दै आफुलाई अब्बव गायिकाको रुपमा स्थापित गराएकी छिन
होम गुरुङको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफिमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोaमा समिर परियार र दिपा क्षेत्रीको अभिनय संगै डान्सिङ्ग फिचरिङ्ग रहेको छ । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई गणेश सापकोटाले छांयाकन एवम् समिर रामदामले सम्पादन गरेका छन्
गित Digital Star अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो