केपी शर्मा ओली र राजेन्द्र लिङ्देनबीच भेटवार्ता – Deurali Khabar

२८ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

राप्रपाका अध्यक्ष लिङ्देनले शुक्रबार दिउँसो बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् ।

शुक्रबार मध्याह्न १२ बजेदेखि दिउँसो दुई बजेसम्म छलफल भएको राप्राका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । स्थानीय तह निर्वाचनपछि उनीहरूबीचको यो दोस्रो भेट हो ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिंदै गर्दा भेटवार्ता भए पनि विशेष एजेन्डामा छलफल भएको जानकारी नभएको प्रवक्ता श्रेष्ठले बताए ।

चुनाव नजिकिँदै जाँदा शीर्ष तहमा भेटघाट हुनु स्वाभाविक भएको भन्दै उनले भने, ‘उहाँहरू एउटै जिल्लाको भएको कारणले पनि पार्टी पार्टी बीचको सम्बन्धका विषयमा कुराकानी भएको हुन सक्ला तर कुनै विशेष एजेण्डामा छलफल भएको जानकारी छैन ।’

चुनावी तालमेल आवश्यकताको आधारमा हुनसक्ने भए पनि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मात्रै त्यसको निर्णय गर्ने उनले बताए ।

‘केन्द्रीय कार्यसम्पादन समितिको बैठक ३० साउनमा हुँदैछ । त्यसले तालमेलबारे निर्णय गर्ला । त्यसअघि कुनै निर्णय हुने सम्भावना छैन,’ उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP