भारतले साफ महिला च्याम्पियनसिप खेल्न नपाउने – Deurali Khabar

३१ साउन, काठमाडौं । विश्व फुटबल महासंघ फिफाले प्रतिबन्ध लगाएसँगै छैटाैं संस्करणकाे साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत नहुने भएकाे छ ।

महिला साफ भदाै २९ देखि असाेज ३ सम्म काठमाडौंमा हुँदैछ । फिफाले दुई महिनाअघि पाकिस्तानमाथिकाे प्रतिबन्ध फुकुवा गरेसँगै लामाे समयपछि साफका सातै टिमकाे सहभागितामा प्रतियाेगिता हुन लागेकाे थियाे ।

सन् २०१० देखि सुरु भएकाे महिला क्षेत्रीय प्रतियोगिता अहिलेसम्म भारतबाहेक अन्य देशले जित्न सकेका छैनन् । पाँचमध्ये चारपल्ट फाइनलमा उसले नेपाललाई पराजित गरेकाे थियाे ।

२०७५ चैतमा विराटनगरमा साफ महिला च्याम्पियनसिपकाे पाँचाै संस्करण फाइनलमा भारतले नेपाललाई ३-१ गाेलले हराउँदै उपाधि जितेकाे थियाे ।

अल इन्डिया फुटबल फेडेरेसनमा राजनीतिक हस्तक्षेप भएपछि फिफाले प्रतिबन्ध लगाएको हाे ‌। याेसँगै भारतले आगामी अक्टाेबरमा आयाेजना गर्न लागेकाे यू-१७ महिला विश्वकप फुटबल पनि अर्काे देशमा सारिने निश्चित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP